arrow

विश्व चर्चित पाइरेसी साइट 'किकएस टोरन्ट्स' बन्द, संस्थापक प्रहरीको खोरमा

१ अर्ब डलरको अबैध धन्दा गरेको आरोप

logo
प्रकाशित २०७३ साउन ९ आइतबार
kickasstorrents-.jpg.jpeg
एजेन्सी । विश्वकै सबैभन्दा ठुलो पाइरेसी साइट 'किकएस टोरेन्ट्स' लाई अमेरिकी सरकारले बन्द गरेको छ ।
 
अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार  किकएस टोरेन्ट्सलाई अमेरिकी सरकारले बन्द गराएको हो । साथै उक्त बेवसाइटका संस्थापक आरटम वालिनलाई  क्रिमिनल चार्ज लगाउदै प्रहरीले पक्राउ गरेको छ । आरटम  युक्रेनका नागरिक हुन् ।  
 
टोरेन्टका संस्थापक माथि  एक अर्ब डलर बरावरको अवैध रूपले कपी गरि चलचित्र , म्यूजिक क्यासेट र अन्य सामग्री बाढेको आरोप लगाइएको छ ।
 
अमेरिकाका जस्टिस डिपार्टमेन्टका अनुसार, यूक्रेनका ३० वर्षीय आरटम वालिन बिरुद्ध आपराधिक उजुरि दर्ता गरिएको थियो । 
 
पाइरेसी गरी टोरेन्ट साइटमा ठुलो संख्यामा राखिएका चलचित्र , म्यूजिक क्यासेट, सफ्टवेयर, पुस्तक र  अन्य सामग्रीहरु  विश्वभरबाट प्रयोग गरी हेरिनेको संख्या ठुलो रहेको थियो । 
 
यसरी पाइरेसी गरि प्रयोग गर्दा चलचित्र उद्‌धोग लगायतमा ठुलो नोक्सानी भएको कुरा पटक पटक उठे पनि टोरेन्ट  प्रयोग नगर्न कानुन बनाए पनि साइटनै बन्द गर्ने निर्णय यस अघि हुन सकेको थिएन ।   
 
टोरेन्टबाट चलचित्र तथा अन्य सामाग्री डाउनलोड गरि प्रयोग गर्ने प्रयोगकर्ताहरुका लागि भने यो दुखद् खबर हो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ