arrow

सुदुरपूर्वी पहाडि जिल्ला पाँचथरमा दशैंको चहलपहल छैन

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1898856642.jpeg
जितेन्द्र भण्डारी, पाँचथर।नेपालीहरुको महान चाड वडा दशैं नजिकिएको छ । तर, भारतले गरेको अघोषित नाकाबन्दीको कारण यो बर्ष सुदुरपूर्वी पहाडि जिल्लामाका शहर देखि गाउँसम्मका सर्वसाधारणमा दशैंको कुनै उत्साह देखिएको छैन ।
 
सोह्र श्राद्ध शुरु भएसँगै प्रायः दशैंको चहलपहल बढ्ने गरेको भएपनि यो बर्ष सोह्र श्राद्ध सकिने बेला हुँदासमेत बजार सुनसानै रहेको छ ।
 
अघिल्ला बर्षहरुमा दशैंका लागि गाउँगाउँबाट बजारमा किनमेल गर्न आउने सर्वसाधारणको निक्कै भिड हुने गरेकोमा यो बर्ष सदरमुकाम फिदिम, राँके,रवि,पंचमी,थर्पु लगायतका बजारमा सुनसान देखिएका छन् ।
 
तराईमा भईरहेको बन्द, हडताल तथा आन्दोलनका कारण माग अनुसारका सामान समेत ल्याउन ब्यापारीले पाएका छैनन् ।
 
यता पेट्रोलियम पदार्थको अभाव र बन्द हड्तालका कारण यातायात ब्यवसायीमा देखिने उत्साह समेत यो बर्ष देख्न पाईदैन । दशैं मनाउन गाउँघर फर्कने सर्वसाधारणले खचाखच भरिएका यातायातका साधन गुड्ने सडक समेत यो बर्ष प्रायः सुनसान छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ