arrow

संयुक्त राष्ट्रसङ्घद्वारा अफगानिस्तान आक्रमणको निन्दा

logo
प्रकाशित २०७३ साउन ९ आइतबार
kabul-new-attac.jpg.jpeg
काबुल । संयुक्त राष्ट्रसङ्घीय अफगानिस्तान सहयोग मिसन (युएनएएमए) ले काबुलमा शनिबार भएको आतङ्ककारी आक्रमणको कडा शव्दमा भत्र्सना गरेको छ । यस आक्रमणमा परी ८० अफगानी नागरिकको हत्या हुनुको साथै अन्य २३१ जना घाइते भएका छन् । 
 
शान्तिपूर्ण प्रदर्शनका लागि भेला भएका सयौं निर्दोष जनसमुदाय हताहत हुने गरी आज गराइएको यस बर्बर आक्रमणको जतिसुकै कडा शव्दमा निन्दा गरे पनि पुग्दैनू राष्ट्र सङ्घीय दूत तथा अफगानिस्तानस्थित नियोगका प्रमुख तादामिचि यामामोतोद्वारा प्रकाशित एक विज्ञप्तिमा उल्लेख गरिएको छ । 
 
राजधानी काबुलको देमाजांग चोकमा सिया समुदायका हजारा समूहले शनिबार निकालेको शान्तिपूर्ण जुलुस प्रदर्शनलाई लक्षितगरी दुईजना आत्मघाती आक्रमणकारीहरुले बम बिस्फोट गराउँदा उक्त हृदयबिदारक घटना हुन गएको थियो । 
 
दुई मध्ये एकजना आक्रमणकारीको घटनास्थल मै मृत्यु भयो भने बचेर भाग्न खोज्ने अर्कोलाई अफगान प्रहरीले तत्कालै गोली हानी मारि दिएको तथ्य पनि सो बिज्ञप्तिमा जनाइएको छ । 
 
आक्रमणको जिम्मा आतङ्ककारी समूह इस्लामिक स्टेट (आइएस) ले लिएको छ । अफगानिस्तानका तालिवान आतङ्ककारी समूहले भने यस आक्रमणको दाबी गरेका छ्रैनन । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ