arrow

टर्कीमा विशेष सुरक्षा दस्ता विघटन गरिने

logo
प्रकाशित २०७३ साउन ९ आइतबार
turkey_coup1_640x360_getty_nocredit.jpg.jpeg
अङ्कारा । गत हप्ता टर्कीमा भएको असफल सैनिक ‘कू’को प्रयासपछि टर्की राष्ट्रपतीय सुरक्षा दस्ता भङ्ग गरिएको समाचार छ । करिब दुई हजार पाँच सय सैनिकको सहभागीता रहेको सो दस्तालाई असफल सैनिक कू प्रयासमा सघाएको आरोप लागेको छ । 
 
सत्ता हत्याउने प्रयासमा लागेका आरोपमा सो दस्तामा करिब तीन सय सैनिक पक्राउ परेका छन । टर्कीका प्रधानमन्त्रीले करिब दुई हजार पाँच सय सैनिक रहेको सो दस्ताको आवश्यकता नरहेको एक टेलिभिजन च्यानलमार्फत बताएका छन् । 
 
तेह्र वर्षदेखि सत्तामा रहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानलाई सत्ताच्यूत गर्ने उद्देश्यका साथ राष्ट्रपति विदामा रहेको बेला कू’ प्रयास भएको थियो । टर्कीमा अचानक भएको असफल सैनिक कूपछि लाखौँ मानिस कुनै न कुनै प्रकारले प्रभावित भएका छन् । विद्रोहमा सहभागी भएको आरोपमा हजारौँ मानिस पक्राउ परेका छन् भने हजारौंले जागिरबाट हात धुनुपरेको छ । 
 
सत्ता परिवर्तन गर्ने असफल प्रयासपछि टर्कीमा विभिन्न क्षेत्रमा कार्यरत रहेका १३ हजारभन्दा बढी व्यक्ति पक्राउ परेका छन् । पछिल्लो अनुमानित तथ्याङ्कअनुसार यसघटनापछि पक्राउ र जागिरबाट हटाइएका व्यक्तिहरु लगभग ५० हजार पुगेका छन् । 
 
यस असफल कू प्रयासबाट १४५ सर्वसाधारण, ६० प्रहरी, तीन सेना र १०४ विद्रोही योजनाकार गरी ३१२ जना मारिएको टर्की सरकारले दाबी गरेको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ