arrow

नेविसंघ महाधिवेशनः अध्यक्षका प्रत्यासीहरु के-के गर्दैछन ?

को को कहाँ पुगेका छन्?

logo
प्रकाशित २०७३ साउन १० सोमबार
NSU-president-canditate-name.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसको भातृसंस्था नेबिसंघको महाधिवेशन हुने अब लगभग पक्का भएको छ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संघको महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न भन्दै निर्देशन समिति वनाए पछि अधिवेशन हुने निश्चितता बढेको हो। तदर्थ समितिलाई सहयोग पुर्‍याउन तथा आवश्यक निर्देशन दिन भन्दै नेपाली कांग्रेसको विधान, २०१७  'संशोधन र परिमार्जित' को धारा २४ ९६ बमोजिम निर्देशन समिति बनाएका हुन्।
 
संघको आसन्न महाधिवेशन तोकिएकै मितिमा हुने सम्भावना नहुदा देश दौडाहामा रहेका अध्यक्षका आकांक्षीहरू पनि फर्कने कि घुमिरहने भन्नेमा दोधारमा हुने अवस्था पुग्नै लाग्दा अधिवेशन समयमा नै हुने निश्चितता बढ्दा आफ्नो यात्रालाई निरन्तरता दिइरहेका छन् । महाधिवेशनको लागि अबको दुई साता बाँकी रहँदा अध्यक्षका आकांक्षीहरू आ–आफ्ना समर्थकहरूसँगै देश दौडाहामा रहेका छन् । नेपाली काँग्रेसले निर्देशन समिति समेत गठन गरेर महाधिवेशनको माहोल तताईदिएपछि भने आफूहरूमा झनै प्रचारप्रसारको लागि उत्साह बढेको अध्यक्षका आकांक्षीहरूले बताएका छन् ।
 
जीतजंग पोखरामा रोकिए
त्यस्तै अर्का अध्यक्षका आकांक्षी जीतजंग बस्नेतले पनि आफ्नो चुनावी अभियानलाई तीब्रता दिएका छन् । उनले पनि चुनाबी एजेण्डाहरू साथीहरूको माझमा राख्दै जाँदा सोमबार पोखरामा रोकिएको सुनाए। नेपाल बन्दको कारण पोखरामा रोकिएका बस्नेत सोमबार नै ५ बजे पर्वत जाने त्यसपछि म्याग्दी स्याङ्जा, पाल्पा र बुटवल जान लागेको बताए। आफ्नो एजेण्डा राख्दा त सबै साथीहरू आफ्नो पक्षमा देखिएको र पार्टीले निर्देशन समिति घोषणा गरेकोले पनि आफूलाई पनि प्रचारप्रसार गर्न उत्साह जागेको उनी बताउँछन्। 
 
कुन्दन अनसनमा 
त्यस्तै नेविसंघमा विधिवत अधिवेशनको माग गर्दै कुन्दन काफ्ले नेतृत्वको समूहपार्टी केन्द्रीय कार्यालय सामनेपामा अनुसन बसिरहेको छ। उनीहरू तोकिएकै मितिमा अधिवेशन गर्नुपर्ने माग राख्दै आएका छन्। उनी आफ्नो माग संगठनको हित तथा सुधारको लागि रहेको भन्दै नेपाली काँग्रेसको नर्सरीमा फर्जी प्रतिनिधि नसुहाउने दाबी गर्दछन् । उनले यो प्रतिनिधिको विवाद समाधान नभएसम्म आफ्नो अनसन नरोक्ने पनि स्पष्ट पारे । पहिलो दिनको अनशनमा काफ्ले सहित काफ्ले सहित युवराज पाण्डे, कृष्णकुमारी बस्नेत, जीत शेरचन, गणेश सापकोटा, दुजाङ शेर्पा, निमा गिरी, चक्र गुरुङ, सुदिप शर्मा, धर्मदेव फुलारा, संजिव शाह गरि ११ जना बसेको थिए। दोस्रो दिन बलदेव तिमिल्सिना, डिल्लीराम सुबेदी, इश्वर अधिकारी, श्याम रेग्मी, उमेश थापामागर, परसुराम बस्नेत, मिलन आले, सन्तोष बास्तोला, हरी प्रसाद आचार्य, युबराज बोहरा र अबिनास ठाकुर सहित ११ जना बसेका थिए। 
 
समावेशीको नारा लिएर निस्किए महर
समावेशी नारा बोकेर दोस्रो पटक अध्यक्षका प्रत्यासी नैनसिंह महर नेविसंघ महाधिवेशनको तयारिको लागि देश दौडाहमा लागेका छन्। एकपटक ७३ जिल्लामा पुगेर आईसकेको बताउने उनले अहिले दोस्रो पटक मंगलबारदेखि हेटौंडादेखि तराईको भित्री मधेश हुँदै झापासम्म पुग्ने गरी निस्किन लागेको बताए। उनी समावेशी नारा बोकेर नौ नौ जनाको टोलीले भने छुट्टै पाराले पूर्व मेचीदेखी पश्चिम महाकालीसम्मको यात्रा दुई पटकसम्म टुङ्ग्याईसकेको महरले बताए। महाधिवेशनमा आफ्नो माग धेरै साथीहरूले गरेको भन्दै समावेशिताको र आफूले उठाएका कतिपय एजेण्डा कार्यान्वयन समेत भईसकेको बताए।
 
मनोजमणि मधेशमा 
अध्यक्षका आकांक्षी मनोजमणि आचार्य पनि चुनावी प्रचारका क्रममा मधेशी जिल्लाहरू पर्साहुँदै सर्लाही तिर पुगेको बताउँछन्। उनी अब झापा तर्फ जादैछन। साथमा अबको महाधिवेशन टीके प्रथाबाट नभई विद्यार्थिको मतादेशबाट चुन्नको लागि साथीहरुले सुझाव दिने गरिएको पनि उनले जानकारी दिए ।
 
देश दौडाहबाट नीलकण्ठ काठमाडौं आईपुगे 
अर्का अध्यक्षका प्रत्यासी नीलकण्ठ रिजाल पनि आफ्नो देश दौडाह पूरा गरेर काठमाडौं आईपुगेको बताए। उनी सोमबार मात्रै काठमाडौं आईपुगेको भन्दै अब काठमाडौंमा नै बाँकी तयारी सुरू गर्ने बताउँछन्। उनी महाधिवेशन हुनै पर्नेमा पनि सबै विद्यार्थीको एकमत रहेको र आफ्नो पक्षमा धेरै जनाको समर्थन देखिएको बताउँछन्। 
 
सरोज बाहिर जाने तर्खरमा
अर्का अध्यक्षका आकांक्षी सरोज थापा भने अब बल्ल बाहिर जान लागेको बताउँछन्। अहिले काठमाडौंमा नै चुनावी तयारी गरिरहेको भन्दै अब बल्ल महाधिवेशनको सम्भावना बढेकोले अब बाहिर जाने तयारी गरिरहेको उनले बताए। उनी यस भन्दा अगाडि पनि आफू महाधिवेशनको एकदुई दिन अगाडि मात्रै काठमाडौं आउने गरी तयारी गरेको भन्दै यस पटक पछि अन्तिम समयमा साथीहरूसँग भेटघाट गर्ने आफ्नो स्वभाव नै रहेकोले अहिलेसम्म काठमाडौंमा नै बसेको बताउँछन्। यद्यापी उनी केही समय अगाडि भने देश दौडाहाको क्रममा उपत्यका बाहिर धेरै जिल्लामा गएको बताए। 
 
आनन्द र विनिता चितवनबाट झापा तर्फ लागे
अध्यक्षका अन्य दुई आकांक्षी आनन्द राज त्रिपाठी र विनिता अधिकारी अहिले चितवन तिर सँगसँगै पुगेका छन्। आफ्नो चुनावी प्रचारप्रसारको क्रममा चितवन पुगेका यी दुई आकांक्षी महाधिवेशनलाई केन्द्रीत गर्दै सुर्खेत, कन्चनपुर, कैलाली, गुल्मी, अर्घाखाँची, पाल्पा, रूपन्देही, नवलपरासी, चितवन हुदै आइतबार नै पूर्वी जिल्लाहरूको यात्रामा निस्किएको त्रिपाठीले जनाए। उनले सोमबार झापा पुगेर आज झापामै बस्ने तयारी रहेको पनि जानकारी दिए। उनले व्यापक पाराले प्रचारप्रसार भईरहेकोले जीतको सम्भावना पनि बढ्दै भईरहेको पनि उनले बताए। साथमा कसले हार्ने जित्ने भन्दा पनि नेविसंघले जित्नुपर्ने धारणा धेरै साथीहरूले दिएको पनि जानकारी दिए। 
 
सोमबार दीपक पनि काठमाडौ फर्किए
त्यस्तै अर्का अध्यक्ष दीपक भट्टराई पनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म मत मागेर सोमबार मात्रै काठमाडौं आईपुगेको बताए। उनले आफ्नो देश दौडाहा धेरै राम्रो रहेको भन्दै यसबाट आफूलाई उम्मेदवारी दिन झनै उत्साह बढेको पनि जानकारी दिए। उनी अब उपत्यका केन्द्रीत प्रचारप्रसारमा लाग्ने पनि जानकारी दिए। यसरी नेताहरूको देश दौडाहका कारणले पनि नेपाल विद्यार्थी संघको आसन्न महाधिवेशनको माहोल झनै बढ्दै गईरहेको छ। 
 
रामप्रसाद अधिकारी पूर्वबाट मध्य तराई आइपुगे
त्यसैगर अर्का प्रत्यासी रामप्रसाद अधिकारी पूर्वी नेपालको भ्रमणबाट मध्य तराइका जिल्लाहरुमा आइपुगेका छन्। साथीहरुको टीम बनाएर उनी आफ्नो प्रचारमा उत्रेका छन्। हाम्राकुरासँग कुरा गर्दै उनले आफू महोत्तरीमा आइपुगेको बताएका थिए। चुनावमा आफू अन्तिमसम्म कडा प्रतिष्पर्धीको रुपमा रहने उनले बताए। 
 
अध्यक्षका प्रत्यासीहरु रत्न कार्की पनि पूर्वको भेटघाट सकाएर थप भेटघाटमा जुटेका छन्। अर्का प्रत्यासी शुभराम बस्नेत काठमाडौंमा बीपी जयन्तीको कार्यक्रम सकाएर विद्यार्थीहरुसँगको भेटका लागि देश दौडाहाको तयारीमा छन्। 
 
सोमबार मात्रै पार्टी सभापति शेर बहादुर देउवाले जसरी पनि तोकिएकै मितिमा महाधिबेशन गर्नको लागि अध्यक्ष रञ्जित कर्ण र अर्का सहयोगी ऋषिकेश शाहलाई निर्देशन दिएका थिए भने पार्टीले महाधिवेशनको लागि नेबिसंघका नेता प्रकाशशरण महतको संयोजककत्वमा पूर्व अध्यक्षहरु किशोरसिंह राठौर, गोविन्द भट्टराई, गुरुराज घिमिरे र प्रदीप पौडेल सदस्य रहने गरी निर्देशन समिति समेत गठन गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ