arrow

चित्रबहादुरकाे प्रधानमन्त्री उम्मेद्वारी चर्चा : ओलीले प्रस्ताव गरेको पत्तो पाएनन्

सहयोगीले भने–प्रस्ताव आउन सक्छ

logo
प्रकाशित २०७३ साउन १० सोमबार
chitra-bahadur-kc-e1450441474482.jpg.jpeg
काठमाडौं । काम चलाउ सरकारमा रहेको नेकपा एमालेले आगामी नयाँ प्रधानमन्त्रीको निर्वाचमा आफ्नो तर्फबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं उपप्रधानमन्त्री चित्रबहादुर केसीलाई उम्मेद्वार बनाउने चर्चा चलाएको छ । 
 
आइतबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुअघि गरेको छलफलमा आफुहरुले पुष्पकमल दाहाललाई सोझै सहयोग गर्न नसक्ने र प्रतिकात्मक रुपमै भएपनि उम्मेद्वारीकै प्रसंगमा केसीको नाम लिएको बताइएको छ । यद्यपि, केसीलाई आफ्ना नाममा भएको चर्चाबारे केही जानकारी नरहेको उनका निकट सहयोगीले बताए । 
 
केसीका ती सहयोगिले भने, ‘एमाले बैठकमा सामान्य चर्चा चल्यो भन्ने कुरा मैले पनि सुने । तर, अध्यक्षलाई यसबारे केही जानकारी छैन । उहाँ त्यो बैठकमा हुनुहुन्थेन । एमालेबीचमा कुरा नमिल्दा प्रस्ताव ल्याउने सक्ने कुरा हुन सक्छ तर, यस्तै गर्ने भन्ने औपचारिक कुनै कुरा भएको छैन ।’ प्रस्ताव आउन सक्छ ।  
 
एमाले नेताहरुले बाधा अड्काउ फुकाउको सिफारिस गर्नुको कारण प्रधानमन्त्रीको निर्वाचन गराउने र सो अवस्थामा प्रचण्डलाई समर्थन गर्न नसकिने बताएका थिए ।
 
छलफलमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले पराजित हुने निश्चित भएपनि संसदमा प्रतिपक्षी समूहको उपस्थितिका लागि प्रधानमन्त्री पदमा उम्मेदवारी दिनै पर्ने र सो अवस्थाका लागि चित्रबहादुर केसी उपयुक्त हुने धारणा राखेको बताइएको छ । 
 
यद्यपि, ओलीले प्रस्ताव राखेका बखत चित्रबहादुर वा उनका कोही प्रतिनिधि त्यहाँ थिएनन् । चित्रबहादुर केसी नयाँ बन्ने सरकारमा जाने भने कुनै सम्भावना नरहेको बताइएको छ ।
 
केसीका सहयोगीका अनुसार अहिलेको गठबन्धन अपवित्र भएको, सरकार विना कारण ढालेको र सैद्धान्तिक रुपमै एजेण्डा नमिल्ने भएकाले सरकारमा जाने कुनै सम्भावना छैन । ओलीसंग एजेण्डा र सिद्धान्ततः सबै कुरा मिलेको थियो –ती सहयोगीले भनेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ