arrow

रामेछापको भुजीमा भीषण पहिरो

logo
प्रकाशित २०७३ साउन ११ मंगलबार
ra.jpg.jpeg
काठमाडौं । रामेछापको भुजी गाविस २ रामस्थानबाट झरेको पहिरोले ३ घर पुरेको छ । सोमबार साँझ रामस्थानबाट झरेको पहिरोले दर्जन भन्दा बढी घर जोखिममा परेका छन् । पहिरो जाने क्रम जारी छ ।
 
झण्डै ५ सय मिटर माथि डाँडाबाट पहिरो झर्न थालेपछि ४० परिवारको बसोवास रहेको सारीगाउँमा कोलाहल छ । राति स्थानीय बासिन्दाहरु घर छाडेर नजिकैको पिपलडाँडा भन्ने स्थानमा गएका थिए ।  
 
गाउँनै थर्काएर ठूल्ठूला ढुंगा झरेकाले स्थानीयमा बढी त्रास भएको हो । सोही बडामा बसोवास गर्दै आएका १५ परिवार भूकम्पपछि त्यहि पहिरोको जोखिम भन्दै कोलडाडाँमा गएर बसेका छन् । उनीहरु अझै आफ्नो टोल फर्केका छैनन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ