arrow

महानगरले उठायो लक्ष्यभन्दा ४१३ प्रतिशत बढी विज्ञापन कर (विवरण सहित)

logo
प्रकाशित २०७३ साउन ११ मंगलबार
Metropolitan_Office-1_KTM.jpg.jpeg.jpeg
काठमाडौं। काठमाडौं महानगरपालिकाले आफ्नो एक वर्षको आम्दानी तथा लक्ष्यको विवरण सार्वजनिक गरेको छ। महानगरपालिकाले एक वर्षे अवधिमा अर्थात् आर्थिक वर्ष २०७२-७३ मा अघिल्लो आर्थिक वर्षको भन्दा १ सय ३० प्रतिशत बढी राजश्व असुली गरेको महानगरपालिका राजश्व विभागले जानकारी दिएको छ। 
 
विभागका राजश्व शाखा प्रमुख धु्रब काफ्लेले यो वर्ष लक्ष्यको ९० प्रतिशत मात्रै प्रगती हाँसिल गर्न सकेको भएपनि अघिल्लो वर्षको तुलनामा यो वर्ष १ सय ३० प्रतिशत बढी असुली भएको पनि जानकारी दिए। अघिल्लो आर्थिक वर्ष १ अर्ब ११ करोड असुली गरेकोमा आर्थिक वर्ष २०७२÷७३मा महानगरले भूकम्पका बावजूत पनि १ अर्ब ५८ करोड रूपैयाँ असुल गरेको छ। यो वर्षमा उसले लक्ष्य भने १ अर्ब ५८ करोड रूपैयाँ असुल गर्ने लक्ष्य लिएको थियो।  
 
शाखा प्रमुख काफ्लेका अनुसार यो वर्षको पहिलो नौ महिनादेखि बढी मात्रामा राजश्व संकलन भएको भएपनि लक्ष्यभेट्न नसकेको हो। यद्यपि पछिल्लो समय महानगरपालिकाको कडाईका कारण यो अंकमा लक्ष्य भेट्नु पनि सकारात्मक रहेको पनि बताए । त्यस्तै भूकम्पबाट कर तिर्ने घरहरूको संख्यामा कमी आएकोले पनि लक्ष्य भेट्न नसकेको उनले जानकारी दिए। 
 
त्यस्तै, शंकर होटल, र्‍यडिसन होटल, मल्ल होटल, सोल्टी होटल, लगायतका चर्चित होटलहरू तथा सेन्टर जेभियर्स कलेज र नागरिक लगानी कोषलाई पनि वर्षाैदेखि तिर्न बाँकी रहेको कर तिराएको कारणले गर्दा पनि लक्ष्यको दाँजोमा प्रगतिको सीमा नजिक पुगिएको पनि उनले जानकारी दिए। 
यसका साथैं विभिन्न मिडियामा समाचार प्रकाशित हुँदा पनि कर उठाउन सहजता सिर्जना भएको पनि महानगरपालिकाले जनाएको छ। यो वर्ष विज्ञापन करमा सबैभन्दा बढी संकलन भएको र सवारी करमा सबैभन्दा कम राजश्व संकलन भएको छ।
 
महानगरपालिकाकाले लक्ष्यको तुलनामा आर्थिक वर्ष २०७२-७३ मा भेटाएको प्रगति प्रतिशतलाई शीर्षकगत रूपमा यसरी देखाउन सकिन्छ।
 
 
महानगरपालिकाको लक्ष्यको तुलनामा आर्थिक वर्ष २०७२-७३ को शीर्षकगत प्रगति प्रतिशत
महानगरपालिकाले अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७२-७३ मा भेटाएको प्रगति प्रतिशतलाई शीर्षकगत



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ