arrow

नेपालीद्वारा जर्मनीको भारतीय कन्सुलेट अघाडी नकाबन्दी बिरुद्ध बिरोध प्रदर्शन

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1929767342.jpeg
फ्र्यान्क्फोर्ट। नेपालको दक्षिणतिरका बिभिन्न नाकाहरुमा भारतले अघोषित नाकाबन्दी गरेर नेपालको पारबहनलाई  अबरुद्ध गर्दा  नेपाली जनताको दैनिक जिबन अस्तव्यस्त बनेको छ। साथै भारतले नेपालको आन्तरिक मामिलामा हस्तेक्षेप गरिरहेको बर्तमान परिबेक्ष्यमा त्यसको बिरोध गर्दै  जर्मनीको मुय्ख्य शहर फ्र्यान्क्फोर्ट अबस्थित भारतीय कन्सुलेट अघाडि ओक्टोबर आठमा  बिरोध तथा धर्ना कार्यक्रम सम्पन्न भएको छ।
 
एनआरएन जर्मनीको कोर्डिनेसनमा जर्मनीमा सक्रिय विभिन्न नेपाली राजनैतिक पार्टिका भात्री संगठनहरु र अन्य सामाजिक संस्थाहरुले उक्त बिरोध-धर्ना  कार्यक्रम आयोजना गरेका थिए।
 
बिरोध कार्यक्रममा एनआरएनएन जर्मनीका अद्यक्ष नब राज रोस्यारा र नेपाली जन प्रगतिशील मंचका अध्यक्ष सागर पोख्रेलले आफ्नो मन्तब्य राख्दै  भारतीय पक्ष समक्ष नेपालको पारवहन अधिकारको सम्मान गर्न र सो सम्बन्धि भारतको  द्विपक्षीय तथा बहुपक्षीय कानूनी एवं नैतिक दायित्व स्मरण गराउन गराएका थिए। रोस्याराले अंग्रेजीमा लेखिएको बिरोध पत्र पढेर सुनाएका थिए भने पोख्रेलले नेपालीमा लेखिएको बिरोध पत्र बाचन गरेका थिए। 
 
कार्यक्रमको अन्तमा भारतीय कन्सुलेटका अधिकारि हरुलाई बुझाइएको  बिरोधपत्रमा भनिएको छ  "हामी जर्मनीवासी नेपाली तथा नेपालका मित्रहरु नेपाल माथिको भारतीय हस्तक्षेपको घोर निन्दा गर्दै तुरुन्त  सम्पुर्ण वस्तुहरुको निर्वाध आवत जावतलाई  सुचारु गराउन तथा नेपाल र नेपाली  संग मित्रता पुर्ण सम्बन्ध स्थापित गराउन  भारतीय सरकार संग जोडदार माग गर्दछौं।" अन्तराष्ट्रिय कलाकार मंच जर्मनीले बिरोध कार्यक्रममा मादल र बासुरीको धुनमा गीत गाएर भारतीय सरकारको अबैधानिक नाकाबन्दीको बिरोध गरेको थियो।
 
कार्यक्रमको अन्तमा त्यहा उपस्थित सबै संस्थाहरुलाई  धन्यबाद दिदै आफ्नो राष्ट्रिय स्वाभिमान र गौरबलाइ गुम्न नदिन नेपालीजनता तथा सरकारले लिएको अडानको प्रसंसा गर्दै नाकाबन्दीका कारण नेपालमा सर्ब साधारणलाई परिरहेको मार्काले  जर्मनीमा रहेका नेपालीहरु पनि निकै दुखि बनाइरहेको कुरा ब्यक्त गरिएको थियो। 
 
कार्यक्रममा सहभागी राजनैतिक संस्थाहरुमा जन प्रगतिशील मंच जर्मनी, नेपाली जन सम्पर्क समिति जर्मनी, प्रबाशी नेपाली मंच जर्मनी, जन प्रगतिशील मोर्चा जर्मनी लगायतका संस्थाहरु थिए भने सामाजिक संस्थाहरुमा एनआरएनए जर्मनी एलसीसी हेसेंन, अन्तरष्ट्रिय कलाकार मंच जर्मनी, एकता समाज म्युन्स्टर, किरात याक्थुंग चुम्लुंग लगायत का संस्थाहरु र फ्र्यान्क्फोर्टबासि नेपालीहरुको उपस्थिति थियो।
 
बिरोध कार्यक्रममा नेपाली जन संपर्क समितीको तर्फ बाट श्याम खनाल, प्रबाशी नेपाली मन्चका अद्यक्ष रण बहादुर बिक, अन्त राष्ट्रिय कलाकार मन्च जर्मनिका उपाद्यक्ष चन्द्र श्रेष्ठ, एनआरएनए जर्मनी  एलसीसी हेसेनका सन्योजक लोक मणी ढकाल,नेपाली जन प्रगतिशिल मोर्चाका तर्फबाट सुबर्ण बाबु सापकोटा, एकता समाज म्युन्स्टरको तर्फबाट राज श्रेष्ठ र किरात याक्थुंग चुम्लुंगका तर्फ बाट शेर बहादुर तुम्बाहाम्फे ले प्रतिनिधित्व गर्नु भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ