arrow

वर्षा रोकिने क्रममा, शुक्रबारसम्म मौसममा सुधार, शनिबारदेखि उत्पात

logo
प्रकाशित २०७३ साउन १२ बुधबार
rain-clipart-2bb31dee86eaf6634a01adfdb763c8e3.jpg.jpeg
काठमाडौं । केही दिनदेखि परेको अविरल वर्षा कम हुँदै गएको छ । शुक्रबारसम्म सामान्य वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबारदेखि भने फेरि भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले हाम्राकुरालाई बताएका छन् । 
 
मंगलबारदेखि नै वर्षा कम हुँदै गएको भन्दै अर्यालले यो क्रम शुक्रबारसम्म रहने उनले बताएका छन् । शनिबारदेखि भने बंगालको खाडी र अरेबियन सागरको प्रभावले वर्षा बढ्ने उनले जनाए ।  यसअघि निम्न चापीय क्षेत्रको विकासले गर्दा तराई डुबानमा परेको उनले सुनाए ।
 
यसपटक सर्कुलेसन विकास भएकाले पनि पूर्वदेखि पश्चिमसम्म नै वर्षा भएको उनको तर्क छ । अहिले न्यूनचापीय क्षेत्र कमजोर हुँदै गएकाले पूर्व र पश्चिममा सामान्य वर्षा हुने र मध्यक्षेत्रमा भने वर्षा नै नहुन सक्ने पनि उनले बताए । विगतका वर्ष भन्दा यसपटक अनुमानअनुसार नै वर्षा भएको मौसमविद् अर्यालले बताए । मनसुनको चरम समय भएकाले वर्षा अझै व्यापक हुने पनि उनले बताएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ