arrow

बी एन्ड सी अस्पताललाई ३०० श्ययाको अनुमति

logo
प्रकाशित २०७३ साउन १२ बुधबार
Jhapa-hamrakura.jpg.jpeg
झापा। झापाको बिर्तामोडमा रहेको बी एन्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरले तीनसय श्ययाको अस्पताल सञ्चालनका लागि अनुमति पाएको छ। 
 
स्वास्थ्य संस्था स्थापना, स्तरोन्नति तथा सञ्चालन निर्देशिका, २०७० (पहिलो संशोधन २०७१) बमोजिम मन्त्रिस्तरीय निर्णयबाट अस्पताललाई सञ्चालनको अनुमति दिएको अस्पतालका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईंले जानकारी दिनुभयो । 
 
अस्पताल परिसरमा आज पत्रकारसम्मेलनको आयोजना गर्दै निर्देशक प्रसार्इंले पूर्वमै पहिलोपटक नीजि क्षेत्रमा बी एन्ड सीले यति धेरै श्ययाको अस्पतालको स्वीकृति पाएको दाबी गर्नुभयो । 
 
विसं २०७१ फागुन १८ गते उद्घाटन भई सोही वर्ष चैत ८ गतेदेखि सेवा प्रारम्भ गरेको अस्पतालले सरकारले तोकेका भवन संहितालगायतका प्राविधिक मापदण्ड पूरा गरेको पनि दाबी गरिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ