arrow

बहुमतका आधारमा प्रधानमन्त्री चयनको प्रक्रियाः सभामुख नेम्वाङ

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1150020204.jpeg
काठमाडौँ। सभामुख सुवासाचन्द्र नेम्वाङ्ले राजनीतिक सहमतिका आधारमा नयाँ प्रधानमन्त्री चयन हुन नसकेकाले आजबाट बहुमतका आधारमा प्रधानमन्त्री चयनको प्रक्रिया प्रारम्भ हुने बताउनुभएको छ।
 
नेपाल पत्रकार महासङ्घ र शिक्षा विभागले सञ्चालन गरेको शिक्षा पत्रकारिता पुरस्कार, २०७१ वितरण कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले नयाँ संविधानमा भएको व्यवस्थाबमोजिम सहमतिका प्रधानमन्त्रीका लागि राष्ट्रपतिले दिनुभएको सात दिनको समय सकिएको र अवधि थपिने व्यवस्था नभएकाले संविधान, नियम र स्थापित अभ्यास अनुसार संसद्को बैठकले प्रधानमन्त्री चयनको प्रक्रिया प्रारम्भ हुने छ भन्नभयो।
 
सभामुख नेम्वाङले सम्भवतः आउँदो आइतबार मुलुकले नयाँ प्रधानमन्त्री पाउने गरी निर्वाचनका कार्यक्रम आउने जानकारी दिनुभयो। उहाँले संविधान जारी भएपछिको अवस्थामा सबै दल र जातजाति सुमधुर एकताका साथ अघि बढेर सकेसम्म सहमतिको सरकार बन्न सकेमा राम्रो हुने विश्वास पनि व्यक्त गर्नुभयो।
 
सभामुख नेम्वाङले जनताका प्रतिनिधि संस्थाबाट लोकतान्त्रिक प्रक्रियाबाट संविधान ल्याएको र यो संविधान जनसहभागितामूलक, समावेशी र अद्वितीयसमेत भएको जिकिर गर्नुभयो।
 
उहाँले ६०१ मध्ये जम्मा ६० जना मात्र सभासद्ले संविधानको मतदानका भाग नलिएको सन्दर्भमा यसलाई विधिसम्मत मान्न कुनै कन्जुस्याइँ गर्न नहुने तर्क गर्नुभयो ।
 
महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले शिक्षा क्षेत्रमा कार्यरत पत्रकारलाई प्रोत्साहनका लागि पुरस्कारका निरन्तरता गरिएको बताउनुभयो। रु ७५ हजार राशिको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार यस वर्ष नारायण किलम्बु, जनक नेपाल र बाबुराम विश्वकर्मालाई संयुक्तरुपमा दिइयो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ