arrow

विद्रोहको आरोपमा समातिएका १६ सय भन्दा बढी सैनिक मुक्त

logo
प्रकाशित २०७३ साउन १३ बिहिबार
turkeyrally.jpg.jpeg
अङ्कारा (टर्की) । टर्कीमा १६ सय ८४ जना सैनिक सदस्य बुधबार मुक्त भएका छन् । ती सैनिक सदस्यहरु गत जुलाई १५ मा भएको असफल सैनिक विद्रोहमा सहभागी भएको आरोप पक्राउ परेका थिए । । 
 
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगान सरकारले यही जुलाई १५ मा भएको असफल सैनिक विद्रोहमा फेतुल्लाह आतङ्ककारी सङ्गठन (फेटो) का आठ हजार ६५१ सैनिक अधिकारीले सहभागिता रहेको यस अघि नै जनाएको थियो । 
सो सङ्ख्या टर्कीमा रहेका सेनाको १.५ प्रतिशत भएको पनि सरकारी तथ्याङ्कले जानकारी दिएको छ । बुधबार नै एक कार्यक्रममा बोल्दै टर्कीका सैनिक जनरल स्टाफ प्रमुख उलुसी अकारले टर्कीको सेनामा फेतुल्लाहवादी आठ हजार ६५१ सैनिक रहेका र उनीहरूले असफल कु को प्रयास गरेको दावी गरेका थिए ।  
 
अमेरिकामा स्वघोषित निर्वासनमा रहेका टर्कीका धार्मिक नेता फेतुल्लाह गुयनसँग आवद्धता भएका भन्दै टर्की सरकार सेना, पत्रकार, कर्मचारीहरुलाई पक्राउ पुर्जीको आदेश जारी गर्ने क्रम जारी राखेको छ । फतुल्लाह गुयन प्रमुख नेतृत्वमा गत जुलाई १५ मा टर्कीमा असफल सैनिक बिद्रोह भएको थियो । 
 
त्यसपछि टर्की सरकारले सरकारी कर्मचारी, सैनिकलगायत पत्रकारलाई समेत पनि गिरफ्तार गर्ने र जागीरबाट हटाउने क्रम जारी राखेको छ । हालसम्म यस विद्रोहमा सहभागी रहेको आरोप १३ हजार व्यक्ति पक्राउ परिसकेका छन् । 
 
टर्कीमा भएको असफल सैनिक विद्रोहपछि राष्ट्रियस्तरमा छानबिन गर्ने क्रममा बिद्रोहीका नाइके गुलेनसँग कुनै न कुनैरूपमा सम्बन्ध राखेको आशङ्कामा यसअघि नै सरकारी सेवामा कार्यरत ४४ हजार भन्दाबढी निजामती कर्मचारी निलम्बन परिसकेका छन् । 
 
गत सोमबार पनि टर्की सरकारले टर्की एयरलाइन्सका २११ कर्मचारीलाई बर्खास्त नै गरेको थियो । गुयनका प्रमुख सहयोगी हालिस हान्सि पक्राउ परिसकेका छन् । उनले दिएको बयानको आधारमा नै टर्की सरकारले पक्राउ र जागीरबाट निकाल्ने क्रम जारी राखेको बताइएको छ ।एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ