arrow

जापानमा नवौँ नेपाल महोत्सव, नेपालीहरुमा उल्लास

logo
प्रकाशित २०७३ साउन १३ बिहिबार
japan-mahotsav.jpg.jpeg
जापान। पर्यटन प्रवद्र्धन गर्न परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावासको विशेष सहयोग तथा गैरआवासीय नेपाली सङ्घ जापानको आयोजनामा साउन २२ र २३ गते गर्न लागिएको नवौँ नेपाल महोत्सवको तयारी पूरा भएको छ। 
 
नेपाल–जापान सम्बन्धको ६०औँ वर्षगाँठको अवसरमा टोकियोको योयोगी पार्कमा आयोजना गरिने नेपाल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको मूल आयोजक समितिका संयोजक तथा गैरआवासीय नेपाली सङ्घ जापानका अध्यक्ष सुदन थापाले जानकारी दिए। नेपाल र नेपाली चिनाउने महोत्सवका रुपमा लिइएको सो कार्यक्रमअन्तर्गत नेपाली कला, संस्कृति र नेपाली खाना तथा पर्यटकीय स्थलको प्रचारप्रसार गरिने बताइएको छ। 
 
समितिका उपसंयोजक एवम् सङ्घका उपाध्यक्ष देवीलाल भण्डारीले महोत्सवमा चर्चित नेपाली तथा जापानी कलाकारको साङ्गितिक प्रस्तुति रहने बताए। महोत्सव अवधिभर सबैजनालाई आआफ्नै कला सस्ंकृति र पहिचान झल्काउने पोसाकमा उपस्थित हुन आग्रह गरिएको छ। करिब ५० कक्ष राखिएको नेपाल महोत्सवको ४५ हजार नेपालीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ। 
 
जापानमा क्यूएस रेमिट सञ्चालन गर्दै आएका व्यवसायी शुरेस गिरीले प्रत्येक नेपालीलाई ३ जना जापानी साथी लिएर महोत्सवमा आउन आग्रह गरिएका कारण पनि उल्लेख्य सहभागिता बढ्ने अनुमान गरेका छन्। उनले जापानमा रहेका व्यवसायी विद्यार्थी तथा एकेडेमिकहरुको महोत्सवमा सहभागिता रहने कारणले पनि अहिलेदेखिनै निकै उल्लास छाएको बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ