arrow

बाढीपहिरोका कारण ७५ को मृत्यु भएको सरकारी तथ्यांक

logo
प्रकाशित २०७३ साउन १४ शुक्रबार
ssss.jpg.jpeg
काठमाडौँ । गृह मन्त्रालयले केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट हालसम्म मुलुकभर ७५ जनाको मृत्यु, ३१ जना घाइते र १२ जना बेपत्ता भएको जनाएको छ । 
 
मन्त्रालयका अनुसार प्युठानमा ३६, गुल्मीमा सात, बागलुङमा छ, पाल्पा र रोल्पामा चार चार, मकवानपुरमा तीन, अर्घाखाँची, झापा र रूपन्देहीमा दुई दुई र काठमाडौँ, दोलखा, सर्लाही, पर्वत, उदयपुर, दाङ, कपिलवस्तु, बारा र सप्तरीमा एक एक जनाको मृत्यु भएको छ । 
 
प्राकृतिक विपद्मै परेर गुल्मीमा नौ, पर्वतमा आठ, प्युठानमा तीन, बाँकेमा तीन, काठमाडौँमा दुई र सुनसरी, बागलुङ, दोलखा, अर्घाखाँची, सिन्धुपाल्चोक र रूपन्देहीमा एक एक जना घाइते भएका छन् । 
 
यसैगरी प्युठानमा चार, अर्घाखाँचीमा दुई, झापामा दुई तथा सुनसरी, दाङ, कास्की र कपिलवस्तुमा एक एक जना बेपत्ता भएको जनाइएको छ । बिहीबार थप नौ जनाको मृत्यु भएसंगै यो संख्या ७५ पुगेको हो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ