arrow

सीडीओ नै तटबन्ध निर्माणमा जुटेपछि जुट्यो दलबल

logo
प्रकाशित २०७३ साउन १५ शनिबार
tatabandha-morang.jpg.jpeg
विराटनगर। आट गरे भने जे पनि सहज रुपले गर्न सकिँदो रहेछ भन्ने उदारण शनिबार मोरङ प्रसासन, प्रहरी, राजनीतिक दल सर्वसाधारण, कर्मचारीले दिएका छन्। उनीहरुले शनिबार विदाको दिनको प्रवाह नगरी मोरङको जिल्ला दैवी प्रकोप उद्धार समितिको अगुवाइमा साढे सात घन्टा निरन्तर खटेर ५० लाख बराबरको जनश्रमदान गरी मुलुकका लागि उदाहरणीय काम भएको छ। 
 
जिल्लामा सबैलाई काम गर्न निर्देश गर्ने प्रमुख जिल्ला अधिकारी देखि प्रहरी प्रमुख, स्थानीय विकास अधिकारी, सरकारी कार्यालयका कर्मचारीहरुले दिनभरी लागेको चर्को घाम र गर्मीको प्रवाह नगरी तटबन्ध निमार्णमा जुटेपछी सर्वसाधारण समेत सो काममा सहयोग पु¥याउन कमर कसेर लागेका थिए। शुक्रबार जिल्ला प्रशासन कार्यालयमा वसेको दैवी प्रकोप समितिको बैठकले हसन्दह ३ बक्राहा खोलाको बाढीले भत्काएको तटबन्ध निमार्ण गर्न सामूहिक जनश्रमदान गर्ने निर्णय गरेको थियो। सामूहिक जन श्रमदानका लागि समितिले सहयोगको आब्हान गरेपछी सहयोगी हातहरु अगाडी बढे। निर्णय कागजमा थन्किएन। कार्यान्वयन भयो। 
 
मोरङका सासंद, उधोगी व्यापारी लगायत कांग्रेस एमाले, नेकपा माओवादी केन्द्र, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, संघीय समाजवादी फोरमका अध्यक्ष आफना पार्टीका कार्यकर्ता लिएर जनश्रमदाका लागी तटबन्ध बाध्न बाढी ग्रस्त क्षेत्र पुगे। यसरी मोरङका सरोकारवालाहरु तटबन्ध निमार्णका लागि हाफपेन्ट लगाएर बाँध बाँध्न उत्रिए । त्यो तदारुकता देखेर सो गाउँका हजारौ स्थानीय उर्लिए।
 
तीन दिनअघि बाढीले गाउँ, खेत र घर बगाएका स्थानीय समेत पीडा विर्सेर तटबन्ध निमार्ण कार्यमा नेपाली सेना र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई वोरामा माटो भरेर सघाए। सामूहिक जनश्रमदान गर्नेमा महिलाहरुको पनि उल्लेखनिय सहभागिता रहयो। जिल्ला दैवी प्रकोप समिति मोरङको अगुवाइमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, विभिन्न राजनितिक दलका सांसद नेता कार्यकर्ताहरुसहित तीन हजार जनाको जनश्रमदानमा तटबन्ध निमार्ण भयो। 
 
विपदका लागि हातेमालो नाम दिएर बिहान १० बजेदेखी बेलुका साढे पाँच बजे सम्म जनश्रमदान गरेर बाढीले भत्काएको सात सय मिटर तटबन्ध निमार्ण गरिएको समितिका अध्यक्ष एंव प्रमुख जिल्ला अधिकारी तोयम रायाले बताए।
 
सरकारी कार्यालयका कर्मचारी देखि स्थानीया महिला, बालबालिका लगायत मोरङका प्रजिअ तोयम राया, सांसद ऋषिकेश पोखरेल, शिवकुमार मण्डल, चण्डी राई, मोरङ प्रहरी प्रमुख सन्दीप भण्डारी, स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनाली शसत्र प्रहरी प्रमुखले सामूहिक रुपमा तटबन्ध निमार्णमा जनश्रमदान गरे।  
 
तटबन्ध भत्केको ठाउँमा बाँस गाडेर बालुवाको बोरा राखेर प्रपो टाइम टेकनोलोजीको माध्यमबाट तटबन्ध निमार्ण गरिएको जल उत्तपन्न प्रकोप नियन्त्रण कार्यालयका प्रमुख देवानन्द साहले बताए । तटबन्ध निमार्णका लागि गाउँघरका सबै मानिसहरु घरयासी काम छाडेर श्रमदानमा जुटेका थिए।
एक हप्ता अघि सो खोलामा आएको बाढी तटबन्ध भत्काएर  गाउँमा पसेपछी अमरदह, हसन्दह, गोविन्दपुर, टकुवा आमगाछी गाविसका १० हजार परिवार प्रभावित हुनुका साथै ७ सय परिवार विस्थापित भएका थिए। बाढीका कारण ६० करोड भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।
 
बाढीका कारण ५ हजार विघा जमिन बगरमा परिणत भएको छ भने हजाराै‌ विघा धानवाली बगाएको छ। खोलामा पानीको सतह कम भएपछी तटबन्ध निमार्ण गरिएको हो। सो तटबन्धले अस्थाई समाधान हुने साहको भनाई छ।
 
तटबन्ध निमार्णका लागि स्काभेटर, डोजरको प्रयोग भएको थियो। तटबन्ध निमार्ण गर्ने खबर सुनेपछी टाढा टाढाबाट मानिस आएर जनश्रमदानमा जुटेका थिए। अहिले यो कार्यको सबैतिर चर्चा छ। शनिबार भएको सामूहिक जनश्रमदानका कारण केही भएपनि सो क्षेत्रका बासिन्दालाई राहत भएको छ। अस्थाई रुपमा निमार्ण गरिएको तटबन्धका कारण खोलाले आफ्नैबाटो लिएपछी सर्वसाधारणलाई राहत मिलेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ