arrow

सूचना प्रविधिमा नेपाललाई अगाडि बढाउन खाका

logo
प्रकाशित २०७३ साउन १६ आइतबार
ict-strategy-enterprise-cloud.jpg.jpeg
काठमाडौँ। सूचना प्रविधिको पहुँचमा नेपाललाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने बारे खाका तयार गर्न सूचना प्रविधिको विकाससम्बन्धी दुईदिने सम्मेलन काठमाडौँमा आजबाट सुरू भएको छ । 
 
युनिभर्सिटी अफ विन्डसोर, क्यानडा र डिअरवाक इन्स्टिच्युट अफ टेक्नोलोजीले संयुक्त रूपमा आयोजना गरेको सम्मेलनमा सूचना र प्रविधि सम्बन्धमा सरोकार राख्ने नेपाल सहित विभिन्न देशका गरी करिब १०० जना सहभागी छन् । 
 
सम्मेलन अवधिभरि नेपाल र विश्वको सूचना प्रविधि र इलर्निङ सम्बन्धी १६ कार्यपत्रमाथि छलफल गरिने सम्मेलन संयोजक सुरेन्द्र अधिकारीले जानकारी दिए। 
 
राष्ट्रिय आविष्कार केन्द्र 
सोही अवसरमा सामाजिक अभियानकर्मी महावीर पुनले नेपाललाई सूचना प्रविधिमा विकास गर्ने उद्देश्यले राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्न लागिएकाले त्यसका लागि सहयोग गर्न आगह गरे । म्यागासेसे पुरस्कार विजेता पुन केन्द्र स्थापना गर्ने उद्देश्य अनुरूप जनताबाटै रु ५० करोड सहयोग जुटाउने अभियानमा छन् । 
 
डिअरवाक इन्स्टिच्युट अफ टेक्नोलोजीका अध्यक्ष डा रूद्र पाण्डेले नेपालका हरेक गाउँ गाउँमा इन्टरनेटको पहुँच कसरी पुर्‍याउन सकिन्छ भन्ने बारेमा समेत सम्मेलनमा छलफल गरिने बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ