arrow

महाविर पुनद्वारा २८ रोपनी जग्गा दान

सरकारले झुक्याएको भन्दै राष्ट्रिय आविष्कार केन्द्र बनाउन जनतासँग आह्वान

logo
प्रकाशित २०७३ साउन १६ आइतबार
jagga-mahabir-pun.jpg.jpeg

काठमाडौ । म्यागासेसे पुरस्कार बिजेता महाबिर पुनले राष्ट्रिय आविष्कार केन्द्रको निर्माण गर्न सहयोग पुर्याउन भन्दै आफ्नो नाममा रहेको २८ रोपनी जग्गा दान गरेको बताएका छन्। सरकारले आविष्कार केन्द्र बनाउन सहयोग गर्ने भनेर पटक पटक झुक्याएको बताउदै जनतासँग आह्वान गर्दे निर्माणको लागि अघि बढेको बताएका छन् ।

पोखराको बेगनास तालको उत्तर पट्टीको ठुलाकोट भन्ने डाँडामा रहेको सो जग्गा दान दिन लागेको उनले फेसबुकमा जग्गाधनी पूर्जा समेत सेयर गरेर बताएका हुन् । सो जग्गाको हालको मूल्य ३ करोड पर्ने बताइएको छ ।

अब हामी राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्न सरकारको ढोका छोडेर जनताको ढोकामा गइसकेको उनले बताएका छन् । नेपालको बिकासको लागी आफ्नो बचेको जिन्दगीको सम्पूर्ण समय दान गर्ने समेत उनले घोषणा गरेका छन् ।

'२८ रोपनी जग्गा पनि राष्ट्रिय आविष्कार केन्द्रलाई दान गर्ने कुरा घोषणा गर्दछु' पुनले फेसबुकमा लेखेका छन् । पैसाको अति नै आबश्यकता भएको खण्डमा त्यो जग्गा बेच्ने अथवा पैसा पुगेको खण्डमा त्यो जग्गामा अनुसन्धानको लागी केही भौतिक संरचना बनाइने बताइएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ