arrow

म नेबिसंघ गुटको, मेरो अन्य गुट छैन : रामप्रसाद अधिकारी

नेबिसंघ चलाउन इमान्दार र सक्षम छु

logo
प्रकाशित २०७३ साउन १७ सोमबार
nebesangrajendraadhikari-.jpg.jpeg

काठमाडौ । विद्यालय तहबाट नै राजनीतिमा सुरु गरेका रामप्रसाद अधिकारी नेविसंघको बिद्यालय इकाई अध्यक्ष भएर बिद्याथीको राजनीति सुरु गरेको बताउछन । पछि अमृत साइन्स क्याम्पसमा आएर पनि नेविसंघमा आवद्ध भएर राजनीतिमा होमिए । अमृत साईन्स क्याम्पसमा आएपछि इकाई सदस्य भएका उनी विसं २०५३ सालमा प्रदीप पौडेल इकाई सभापति हुँदा इकाइ उपाध्यक्ष र २०५८ सालमा नेविसंघको केन्द्रीय समितिका मुख्य सचिव, २०६४ सालमा नेविसंघ केन्द्रीय समिति सदस्य र २०६५ सालमा नेविसंघ केन्द्रीय समितिको प्रवक्ता प्रचार विभाग प्रमुख र संगठन विभाग प्रमुख समेत बनिसकेको अधिकारी बताउदछन् ।

आसन्न महाधिवेशनमा नेविसंघको केन्द्रीय अध्यक्षमा आकांक्षी भएको उनले बताए । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा मसाल र कलम अंकित झण्डा बोकेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भित्र प्रवेश गर्ने लगायतका राजनीतिक विद्रोहको स्वर उठाउँदै आफू राजनीतिक क्रान्तिमा समेत जागरूक ढंगले अघि बढेको उनको दावी छ । अध्यक्षका आंकाक्षी उनै अधिकारीसग साउन २७ देखि काठमाडौमा हुने महाधिवेशनको सन्दर्भमा केन्द्रीत रहेर हाम्रा कुरा डट कमका लागि सुदर्शन अर्यालले गरेको कुराकानीको सम्पादित अंश :

आगामी महाधिवेशनमा आफ्नो उम्मेदवारीलाई कसरी अगाडि बढाउनुभएको छ ? अर्थात् यहाँको एजेण्डा कस्तो छ ?

नेपाल विद्यार्थी संघको महाधिवेशन नभएको नै झण्डै नौं वर्ष भन्दा बढी भईसकेको छ । लामो समयसम्म निर्वाचन हुन नसक्दा हामीले हाम्रा भन्दा धेरै अग्रज पुस्तासँग पनि आफ्नो एजेण्डा प्रस्तुत गररेर लड्नु परिरहेको छ । हामीले लामो समयसम्म आफ्नो नेतृत्वको लागि निर्वाचनमा भाग लिन नपाउँदा नेविसंघमा हामीभन्दा धेरै नयाँ र धेरै पुराना साथीहरूले पनि उम्मेदवारीको लागि आकांक्षा देखाईरहनु भएको छ । यसलाई मैले स्वभाविक रूपमा नै लिएको छु । मेरो एजेण्डा भनेको त सबैभन्दा पहिलो त लामो समयसम्म महाधिवेशन हुन नसकेकोले यसको विधिवत महाधिवेशन नै मेरो मूल एजेण्डा हो । यतिका धेरै आकांक्षीहरू रहेका छन् ।

धेरै उम्मेदवार देखिएका छन, अन्तिमसम्म कतिजनाको रहन्छ भन्ने लाग्छ तपाईलाई ?

नेविसंघ एउटा लोकतन्त्रमा विश्वास गर्ने संस्था हो । हामी नेपालकै सबैभन्दा जेठो प्रजातान्त्रिक पार्टीको भातृ संस्था पनि भएकोले हामीले लोकतान्त्रिक परिपाटीलाई महत्वका साथ हेर्ने संस्था भएको हुनाले पनि हामीले जति साथीहरु छौं ती सबै स्वतन्त्र प्रतिस्पर्धा गरेर अघि बढौं भन्ने मेरो माग हो । मलाई लग्छ यो समस्या अन्तिममा हल हुन्छ र दुई तीन जना मात्रै उम्मेदवारहरू रहन्छन् भन्ने मैले सोचेको छु ।

तपाईँको चाहिँ उम्मेदवारी कहिलेसम्म रहन्छ रु बीचैमा छुट्छ कि अन्तसम्म रहन्छ ?

 मैले यस भन्दा अगाडि पनि एउटा एफएमको अन्तर्वार्तामा भनेको थिएँ । यो मेरो अन्तिम पटकको उम्मेदवारी हो । जिते म नेविसंघ हाँकेर हिँड्छु हारेको खण्डमा म यसबाट सन्यास लिन्छु, नेविसंघ छाड्छु । यसरी नयाँ पुस्तालाई जाम गराएर मैले कुनैपनि हालतमा बस्ने छैन ।

तपाईँको व्यक्तिगत एजेण्डाहरु कस्ता छन ?

मेरो व्यक्तिगत एजेण्डा भन्दा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको पहल गर्नु रहेको छ । नेविसंघको काम भनेको आन्दोलन गर्ने र ढुङ्गाहानेर राजनीतिक परिवर्तनको उठान गर्नुपर्न समय अव सकिई सकेको छ । अबको एजेण्डा भनेको समानतामा आधारित शिक्षा, निशुल्क शिक्षा लगायतमा हामीहरू केन्द्रीत हुनुपर्छ । हामी व्यवसायिकताको नाममा शिक्षामा लुटिँदै आएका छौं । शिक्षा नाफा मुखी होईन, शिक्षा सेवामुखी बनाइनुपर्छ । त्यसैले हामी शिक्षालाई सेवामुखी बनाउन तर्फ मूलभूत कदमहरू चाल्नु आवश्यक रहेको छ । मैले यसको लागि विशेष पहल गर्नेछु ।

तपाईँ आफैंले चाँही अरू र आफूमा के भिन्नता देख्नुहुन्छ ?

 म भन्दा सिनियर दाइ र जुनियर भाइहरू पनि हुनुहुन्छ । तर म संगठन हाँक्नमा इमान्दार छु । संगठनप्रतिको बफादारी र इमान्दारिता नै मेरो सबैभन्दा ठूलो कुरा हो । त्यसैले म अरूभन्दा सांगठनिक सुधारका पक्षमा फरक विचार र इमान्दारिताको साथ अगाडि बढाउछु भन्ने प्रतिक्षा गरेको छु ।

संघ सञ्चालनको लागि त इमान्दारितासँगै अनुभव पनि त चाहिन्छ ? तर तपाईभन्दा अनुभवी त अरू नै उम्मेदवारी छन् । उनीहरूकोबीचमा आफूलाई चाहिँ तपाइँ कसरी अब्बल सावित गर्नुहुन्छ ?

पदाधिकारी हुँदैमा अब्बल हुन्छ भन्ने छैन । म पनि सात कक्षादेखि नेविसंघ सञ्चालनको अनुभव बोकेको मान्छे हुँ । म अहिलेसम्म यहाँको यहीँ रहनुको मतलव त नौं वर्षसम्म महाधिवेशन भएन यसै कारणले मात्रै हो । यो त ट्राफिक जाम भयो । यसैको कारणले अहिले यति धेरै उम्मेदवारीको आकांक्षीहरू भेटिएको हो । त्यसैले मेरो अनुभव नभएको पनि होइन । इमान्दारिता र अनुभवमा म सबैभन्दा अब्बल रहेकोले पनि मलाई धेरै साथीहरूले मन पराएका छन् ।

अबको एक सातामा यसको समाधान भएर महाधिवेशन गर्न सम्भव छ ? छ, यदी राजनीतिक नेतृत्व इमान्दार बन्ने हो भने यो सम्भव छ । तर अब पनि नेविसंघको नेतृत्व आफ्नो पोल्टाबाट जान्छ कि भन्ने डरले नेविसंघको महाधिवेशन नगर्ने पक्षमा लाग्ने र यसलाई चाहिँ यदी अव्यवस्थाको भूमरीमा राख्ने प्रयास माउ पार्टीबाट भयो भने यो तोकिएको मिातिमा हुँदैन हामी यो तोकिएकै मितिमा हुनुपर्नेछ भन्नेमा दृढ छौं । यदी सबैले यसैगरी इमान्दारिता देखाएर काम गर्ने हो भने दुई दिनमा सबै प्रतिनिधि छनौटको काम सकिएर महाधिवेशन गर्न पनि सम्भव छ । यसो होइन भने यो कहिले पनि हुँदैन ।

यति धेरै गुट मध्ये तपाईँ चाहिँ कुन गुटको ?

म कुनै पनि गुटको होइन म नेपाल विद्यार्थी संघ गुटको हो । अरु गुट मेरो छैन ।

गुटमा लाग्ने साथीहरूलाई के भन्नुहुन्छ ?

 यो गुटको कुरा पनि एकहिसावले त राजनीतिक व्यवहार नै भएकोले आवश्यक जस्तै भईसकेको त छ तर यो पनि कत्तिको मात्रामा भन्ने कुरा हो । अस्वस्थ पाराले गुटको राजनीति कसैले गर्छ भने यो राम्रो अबश्य पनि होइन । तर सामान्य लिमिटमा बसेर कसैले गुटको पक्षपोषण गर्नु नै चाहिँ नराम्रो हो भन्ने मलाई लाग्दैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ