arrow

मकवानपुरमा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु

logo
रविन्द्र गौतम,
प्रकाशित २०७८ पुष २१ बुधबार
accident1.jpg

मकवानपुर । मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

जिल्लाको ठिंगनबाट हेटौंडातर्फ आईरहेको ना ४ त ६०७५ नम्बरको ट्याक्टर बुधबार दिउसो बकैया गाउँपालिका—११ स्थित सिमात धुम्तीमा दुर्घटना भएको हो । 

ट्याक्टर सडकबाट करिव २ सय ५० मिटर तल खसेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार दुर्घटना २ जना गम्भीर घाइते भएकोमा हेटौंडा अस्पतालमा ल्याई उपचारका क्रममा दुबैजनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा चालक अन्दाजी २८ बर्षिय मिन बहादुर बुडा मगर रहेको र अर्का व्यक्तिको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले बताए ।



नयाँ