arrow

वुधबार मुलुकले नयाँ प्रधानमन्त्री पाउने

logo
प्रकाशित २०७३ साउन १७ सोमबार
sansad @@@.jpg.jpeg
काठमाडौं । नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया विधिवत रुपमा सुरु भएको छ । सोमबार बसेको संसद बैठकले बहुमतीय प्रक्रियामा प्रधानमन्त्री चयन गर्न निर्वाचन कार्यक्रम प्रकाशन गर्न भनेपछि संसद सचिवालयले निर्वाचनको कार्यतालिका प्रकाशन गरी प्रधानमन्त्री चयन प्रक्रिया औपचारिक रुपमा सुरु गरेको हो । 
 
सभामुख ओनसरी घर्ती मगरले राष्ट्रपतिले बहुमतीय सरकार गठनका लागि आह्वान गरेको पत्र पढेर सुनाउँदै संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्वाचन कार्यक्रम प्रकाशन गर्न भनेकी थिइन् । 
 
सभामुखको निर्देशन बमोजिम महासचिवले निर्वाचन कार्यक्रम प्रकाशन गरेको सचिवालयका सह–प्रवक्ता सुदर्शन कुँइकेलले जानकारी दिए । उनका अनुसार मंगलबार विहान ११ बजे देखि अपरान्ह ४ बजे सम्म उम्मेद्वारी दर्ताको कार्यक्रम छ । 
 
४ः३० बजे उम्मेद्वारको नामावली प्रकाशन हुनेछ । उम्मेद्वारी दर्ता अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै हुनेछ । यस्तै, वुधबार विहान ११ बजे प्रधानमन्त्रीको निर्वाचन हुने भएको छ । उम्मेद्वारी फिर्ता हाउसमै हुनेछ । हाल सम्म माओवादी केन्द्रबाट पुष्पकमल दाहालले उम्मेद्वारी दिने पक्का भएको छ । सत्ताधारी दलबाट भने अहिले सम्म उम्मेद्वारको टुंगो लागेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ