arrow

ग्रीष्मकालीन आँधीका कारण फिलिपिन्समा नौ हजार मानिस विस्थापित

logo
प्रकाशित २०७३ साउन १८ मंगलबार
philipines.jpg.jpeg
मनिला (फिलिपिन्स)। सोमबार आएको निडा नामक ग्रीष्मकालीन आँधीका कारण फिलिपिन्समा नौ हजार नागरिक विस्थापित भएको फिलिपिन्सको राष्ट्रिय प्राकृतिक प्रकोप व्यवस्थापन समितिले जनाएको छ । 
 
आँधीका कारण करिब दुई हजार परिवार अर्थात् आठ हजारभन्दा बढी व्यक्ति फिलिपिन्सको उत्तरी भूभागमा प्रभावित भएको प्रकोप व्यवस्थापन समितिले बताएको छ । 
 
निडा नामक आँधीका कारण उक्त क्षेत्रमा रहेका विद्यालयहरूको पठनपाठन अनिश्चित कालका लागि बन्द गरिएको छ । 
 
आँधीका कारण उक्त क्षेत्रमा रहेका विमानस्थलमा समेत असर पर्दा सोमबार अधिकांश आन्तरिक उडानका सेवा रद्द भएका छन् ।सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ