arrow

दुई महिनाभित्र युरोपको आधा बढी जनसंख्यामा कोरोना : डब्लूएचओ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २८ बुधबार
who-c.jpg
तस्बिर– फाइल

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले आगामी दुई महिनाभित्र युरोपको आधाभन्दा बढी जनसंख्या कोभिड संक्रमित हुने चेतावनी दिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै युरोपका विभिन्न देशमा संक्रमण दर ह्वात्तै बढिरहेका बेला डब्लूएचओको चेतावनी आएको हो ।

पश्चिमबाट पूर्व फैलिएको ओमिक्रोन वेभले सम्पूर्ण युरोप नराम्रोसँग प्रभावित भएको डब्लूएचओका डा हान्स क्लुगीले बताए । सन् २०२२ को पहिलो साता सम्पूर्ण युरोपमा ७० लाख नयाँ संक्रमित भेटिएका छन् । 

भाइरस पश्चिमा देशहरुबाट बाल्कन्सतर्फ फैँलिदै गर्दा युरोप र मध्यएसियाली देशहरु तीव्र चापमा परेको उनले बताए । 



लोकप्रिय समाचार
नयाँ