arrow

सात फिट लामो घरीमा दुई हजार कोसा केरा !

logo
प्रकाशित २०७३ साउन १८ मंगलबार
kera.JPG.jpeg
सर्लाही । हरिवन नगरपालिका वडा नम्बर ८ का मोहनबहादुर कार्कीको करेसाबारीमा पसाएको सात फिट लामो केराको घरीमा ८७ वटा काइँयो फलेका छन् । सतासी काइँयोमा दुई हजारभन्दा बढी कोसा केरा फलेको देखिन्छ । 
 
चुरे पर्वतीय क्षेत्रबाट ल्याई रोपिएको करिब ४ वर्षपछि बोटबाट केरा पसाउन थालेको मोहनबहादुर कार्कीले जानकारी दिए । उनले पाकेपछि मोलभोग जातका केराको झै गुलियो स्वाद आउने बताए । 
 
कोसाका पाटाहरु पूरा भई पुष्ट भएपछि र फलको आकार गोलो र रङ्ग हरियोबाट हल्का हरियो भएपछि घरी काट्ने गरिएको यस केराको जात के हो भन्ने केरा धनीलाई जानकारी छैन । 
 
जिल्ला कृषि विकास कार्यालयका बागवानी प्राविधिक सहायक कैलाश साहले वसराई ड्वार्फ, हरिछाल, रोवष्टा, विलियम हाइब्रिड, मोलभोग, चिनी, चम्पाजस्ता केराका जातहरु तराईका फाँटमा हुर्कने भएपनि यो केराको जात आफूलाई जानकारी नभएको बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ