arrow

काठमाडौंमा सार्वजनिक भयो ‘सुन्दर नेपाल’

logo
प्रकाशित २०७३ साउन २२ शनिबार
pustak-bimochan-new.jpg.jpeg
काठमाडौं । साहित्यकार शाश्वत घिमिरे रचित पुस्तक ‘सुन्दर नेपाल’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंको कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमकाबीच प्रतिष्ठानका उपकूलपति विभू घिमिरेले पुस्तक विमोचन गरे । 
 
रूद्रचन्द्र प्रतिष्ठानले प्रकाशन गरेको सो कृतिको विमोचन कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष हरिमाया घिमिरेले प्रतिष्ठानबाट यस्तो साहित्यिक कृति प्रकाशन गर्न पाउँनदा खुशी लागेको प्रतिक्रिया दिइन् । 
 
कार्यक्रममा सर्वोच्च अदालतका पूर्व रजिष्ट्रार डा. नरोत्तम उपाध्याय, प्रज्ञा प्रतिष्ठानका सदस्य ज्ञानु पाण्डेको उपस्थिती  थियो । यस्तै विमोचन कार्यक्रममा इन्दिरा प्रसाईँ, सुरेश कुमार कार्की, रमेश विष्ट लगायत उपस्थित रहे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ