arrow

इन्धन आपूर्तिको पाइपलाइन निर्माण चाँढै अघि बढाउन भारतको निर्देशन

logo
प्रकाशित २०७३ साउन २३ आइतबार
pipeline.jpg.jpeg
काठमाडौं । इन्धन आपूर्तिका हिसाबले महत्वपूर्ण मानिएको योजना सीमावर्ती रक्सौलदेखि अमलेखगन्जसम्म ४१ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण कार्य द्रूत कार्यान्वयनमा भारतीय पक्षले तत्परता देखाएको छ ।
भारतीय केन्द्र सरकारले मन्त्रिस्तरीय टोलीले त्यहाँको सम्बन्धित पूर्वी चम्पारण जिल्ला भ्रमण गरी स्थानीय अधिकारीलाई पाइपलाइन आफ्नो सरकारको प्राथमिकतामा रहेको जनाउँदै आवश्यक निर्देशन दिएको हो ।
 
भारत विहारको रक्सौलदेखि नेपालको बारा जिल्लाको अमलेखजन्गसम्म पेट्रोलियम पाइपलाइन निर्माण कार्य द्रूत गतिमा कार्यान्वयनमा लान बिहारका अधिकारीलार्इ उक्त योजनाको सम्झौत पत्रमा हस्ताक्षर गरेका भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानले निर्देशन दिएका हुन् ।
 
प्रधान गत आइतबार सीमावर्ती पूर्वी चम्पारण जिल्लाको मुख्यालय मोतिहारीमा पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयकै एक योजनासम्बन्धी औपचारिक कार्यक्रममा सहभागित हुन आएका थिए । 
 
उनीसँगै मोदी सरकारमा प्रभावशाली मानिने केन्द्रीय कृषीमन्त्री राधामोहन सिंह सामेल थिए ।
 
प्रधानले स्थानीय अधिकारीहरुलाई पाइपलाइन योजनामा सहजीकरण गर्न समेत निर्देशन दिइएको स्रोतले बताएको छ । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ