arrow

पोग्बा इतिहास कै महंगा खेलाडी, म्यानचेष्टरले १०० मिलियन युरोमा किन्यो

logo
प्रकाशित २०७३ साउन २४ सोमबार
manchesterunited.jpg.jpeg
काठमाडौँ । युभेन्टस् मिडफिल्डर पावल पोग्बालाई इङलिश् क्लब म्यानचेष्टर युनाइटेडले विश्व कीर्तिमानी रकम १०० मिलियन युरो खर्च गरी क्लबमा अनुबन्ध गराएको छ । पावल पोग्बाको यो अनुबन्ध फुटबल क्षेत्रकै लागि अहिलेसम्मको महंगो अनुबन्ध हो ।
 
यो भन्दा अगाडि महंगो अनुबन्ध ग्यारेथ बेललाई रियल म्याड्रिडले गरेको अनुबन्ध गरेको थियो । बेललाई रियल म्याड्रिडले ९३ मिलियन युरोमा अनुबन्द गरेको थियो।  युभेन्टसले पोग्बाको विश्व कीर्तिमानी अनुबन्धको विषयमा अनुमोदन जनाएपछि पोग्बाको सोमबार म्यानचेष्टर युनाइटेडमा मेडिकल चेकजाँच हुने भएको छ ।
 
 यसअघि नै पोग्बाको नयाँ अनुबन्धलाई लिएर यी दुई क्लबहरूबीच पटकपटक कुरा चल्दै आए पनि औपचारिक टुंगो भने लाग्न सकेको थिएन। पावल पोग्बा म्यानचेष्टर युनाइटेडका पूर्व खेलाडी पनि हुन् । पोग्बा २०१२ मा म्यानचेसटर युनाइटेडबाट इटाली क्लब युभेन्टसमा गएका हुन् । अहिले पोग्बा पुन आफ्नो पूर्व क्लब म्यानचेष्टर युनाइटेडमा नै फर्किएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ