arrow

स्वास्थ्य सुरक्षा खतरा बन्दै : नक्कली डाक्टर काममा फर्किए

logo
प्रकाशित २०७३ साउन २५ मंगलबार
doc.jpg.jpeg
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेर अभ्यास गरेको अभियोग अदालतमा विचाराधीन रहेका चिकित्सकहरु पुनः काममा फर्किएका छन् । १२ जिल्लामा मुद्दा चलिरहेका चिकित्सकहरु मुद्दाको छिनोफानो नभई काममा फर्किएका हुन् ।
 
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अप्रेसन ‘क्वाक’ अन्तर्गत पहिलो पटक गत वर्ष पक्राउ गरेका १७ चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलले तत्काल निलम्बन गरेको थियो ।
 
दोस्रो चरणमा असारमा पक्राउ परेका ३७ चिकित्सकलाई भने काउन्सिलले अझै निलम्बन गरेको छैन । पुर्पक्षका लागि थुनामा राख्नु पर्ने सरकारी वकिल कार्यालयको मागदाबी अस्वीकार गर्दै १२ वटा जिल्ला अदालतहरुले उनीहरुलाई धरौटीमा छाडेको थियो ।
 
प्रहरीले नक्कली चिकित्सकहरु पक्राउ परेकै जिल्ला न्यायाधिवक्ताको कार्यालयमा अनुसन्धान फाइल पठाएपछि मुद्दा पनि सोही जिल्ला अदालतमा दर्ता गरिएको थियो ।
 
धरौटीमा छुट्नु सफाइ पाउनु नभए पनि काउन्सिलले निलम्बन नगरेको भन्दै उनीहरु काममा फर्किएको सूचना आएको ब्यूरोका एक अधिकारीले बताए । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ