arrow

झोला फिल्मको पाइरेसी, प्रहरीमा किटानी जाहेरी

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1295905114.jpeg
काठमाडौं । केहि दिन पहिले फिल्म ‘झोला’ पाईरेसीसँगै अनाधिकृत रुपमा युट्युवमा हालिएपछि निर्माण टिमले शंकास्पद माउण्टेन रिभर फिल्मस् प्रालीका प्रमुख चन्द्रकान्त झाको नाममा महानगरिय प्रहरी परिसर हनुमानढोकामा किटानी जाहेरी दर्ता गराएको छ । उक्त कम्पनिलाई विदेश प्रदर्शन तथा प्रचारको लागी दिईएको फाईल नै युट्युवमा आएपछि उसको अनाधिकृत काम विरुद्ध प्रहरीमा उजुरी दर्ता गराईएको हो । 

आईतबार प्रहरीले आवश्यक छानविनको लागी झालाई नियन्त्रणमा लिने प्रयास गरेपनि उनी भारतको नयाँदिल्लीमा रहेकोले कब्जामा लिन सकेन् । कम्पनिकै अफिसबाट पाईरेसी भएको र त्यहाँकै कम्प्युटरबाट युट्युवमा अपलोड भएको ठहर गर्दै प्रहरीले कालिकास्थानमा रहेको माउण्टेन रिभर फिल्मस् प्रालीको अफिसको सबै सामान भने नियन्त्रणमा लिएको छ । फिल्मका निर्देशक यादवकुमार भट्टराईले प्रतिलिपी अधिकार हनन मुद्धा अन्तर्गत उक्त कम्पनि र झालाई विपक्षी बनाई उजुरी दर्ता गराएका हुन् । उजुरीसँगै ५ करोडको क्षतीपुर्ती समेत माग गरिएको छ । 

पहिलो प्रदर्शनमा हिट बनेको यो फिल्मको आगामी माघ महिनामा पुनः प्रदर्शनको तयारीमा निर्माण टिम लागेको थियो । त्यस्तै भारतिय च्यानलमा फिल्म प्रशारणको लागी मुम्वईस्थित सेन्सर वोर्डमा प्रक्रिया अघी बढ्दै गरको तथा अमेरिका, युके, बर्मा लगायतका विभिन्न देशमा प्रदर्शनको लागी सम्झौता हुँदैगर्दा पाईरेसी भएपछि यो प्रकारको कामलाई जघन्य अपराध ठहर गर्दै यसविरुद्ध एक्शन लिईएको निर्देशक भट्टराईले बताए ।

‘हामीले विदेश प्रदर्शनको चाँजोपाँजो मिलाउने दुई पक्षिय सहमतिअनुसार जुन फाईल उनलाई उपलब्ध गराएका थियौं, सोही फाईल नै युट्युवमा आयो, जहाँ माउण्टेन रिभरको लोगो समेत समावेश छ, यो अपराध सो कम्पनि बाहेक अन्य कसले गर्नसक्छ ?’ भट्टराईले प्रतिप्रश्न गरे ।  नेपाली समाजको ईज्जत र संस्कृतिलाई सिध्याउने र यो प्रकारको फिल्म भविष्यमा नबनुन भन्ने षड्यन्त्र स्वरुप योजनाबद्ध रुपमा यो काम गरिएको उनको आरोप छ । भारतिय मुलका व्याक्ति झाले नेपाली फिल्मलाई अन्तर्राष्ट्रियकरण गर्ने बहानामा यो प्रकारको ठगी धन्दा गर्दै आएको र यसको शिकार धेरै निर्माता निर्देशक समेत रहेको निर्देशक भट्टराईले दाबी गरेका छन् ।

योसँगै प्रहरीले छानविनलाई तिब्रता दिईसकेको छ । बिना अनुमति कसैको सृजनालाई सामाजिक सञ्जालमा अपलोड भएपछि त्यसविरुद्धको कारवाही शसक्त रुपमा अघी बढाईएको महानगरिय प्रहरी परिसर हनुमानढोकाका डिएसपी दिनेश आचार्यले बताए । उनका अनुसार दोषी आरोपित झा नेपाल आईसकेपछि यो प्रक्रिया अदालतमा पुग्नेछ र त्यसपछी अदालतले नै यो मुद्धाको फैसला गर्नेछ ।

फिल्म पहिलोपटक युट्युवमा आएसँगै अन्य च्यानलहरुले समेत डाउनलोड गर्दै अपलोड गरेपछि ४० बढी च्यानलबाट युट्युवमा आएको थियो । सय बर्ष पुरानो नेपाली समाजको यथार्थता सतिप्रथाको विषयमा बनेको यो फिल्मले रिलिजको क्रममा दर्शकको राम्रो साथ पाएको थियो । फिल्म पहिलो प्रदर्शनीमा हेर्न नपाएको धेरै दर्शकको गुनासोपछि पुनः रिलिजको लागी निर्माण टिम जुटिरहेको अबस्थामा यो घटना उत्पन्न भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ