arrow

नेपाल–चीन सीमामा हाटबजार सुरु

logo
प्रकाशित २०७३ साउन २६ बुधबार
nepal-china-flag.jpg.jpeg
मुगु  । तिब्बतको सीमावर्ती जिल्ला ह्याजिमारमा गत वर्ष झै यस वर्ष पनि आजबाट १० दिने हाट बजार सुरु भएको छ । 
 
चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएका नेपालका सीमावर्ती जिल्लाका बासिन्दालाई लक्षित गरी प्रत्येक वर्ष साउन अन्तिम साता हाटबजार लाग्ने गरेको छ । 
 
नेपालका हिमाली क्षेत्रमा पर्ने र तिब्बतसँग जोडिएका जिल्लाहरूसँग व्यापारका लागि सामान आयत निर्यात तथा जडीबुटी बिक्री गर्न सदियौदेखि अस्थायीरुपमा एक हप्ताका लागि नाका खुल्ला गरिदै आएको छ । 
 
हुम्ला, मुगु, डोल्पालगायतका जिल्लामा तिब्बतले मौसमी वातावरण र हिमाली लेकको बाटोमा हिउँ अत्याधिक हुने कारणले वार्षिकरुपमा एक हप्ता हाट बजार लगाउँदै आएको छ । 
 
मुगु जिल्लाको हकमा भने जिल्ला सदरमुकाम गमगढीभन्दा करिब ५० कोष (८४ किमि) टाढा रहेको नाक्चे लाग्ना (नाम्जा भन्ज्याङ्ग) काटेर मुगुका सिमावर्ती गाविसका दोल्फु, किम्री मुगु, पुलु, माग्री र मुगु,बाजुरा र हुम्ला जिल्लाका स्थानीयवासी यो वर्षको हाट बजारमा व्यापार गर्न गएको मुगु भन्सार कार्यालयले जानकारी दिएको छ । 
 
हाट बजारमा नेपालमा उत्पादित फलफूल , नेपाली सामानका मौलिक वस्तु, फापर, जौ, नेपाली पहिरनका वस्तु, यार्सागुम्बा, जडीवुटी तिब्बतीलाई बिक्री गर्ने र नेपालीहरूले तिब्बतीबाट चिनियाँ मदिरा, लत्ताकपडा, चिया, घ्यु, चामल, भेडा,च्याङग्रालगायत सामग्री आयत गर्ने गर्दछन् । 
 
यही हाटमा चिनियाँहरूले बिक्री गर्न ल्याएका चिनियाँ खसी मुगाली व्यापारीहरूले किनेर दशै, तिहार चार्ड पर्वमा बिक्री गर्न बाजुरा, पोखरा, मुस्ताङलगायत जिल्लामा लैजाने गर्दछन् । 
 
जिल्लाबाट अवैधरुपमा कुनै पनि वस्तु तिब्बततिर यो हाटको बेला निकासी नहोस भनेर जिल्ला सुरक्षा समितिले नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त सुरक्षा टोली यही साउन १९ गतेबाट चोरी निकासी हुने सम्भावित नाकाहरूमा खटाएको छ । 
 
यो बेला मुगुबाट वन्यजन्तुका हड्डी, छाला, मासु, जडिबुटी, यार्सालगायतका वस्तु चोरी निकासी हुनेगर्छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ