arrow

सिरियाको शान्ति वार्ताका लागि साउदी अरेबियाले सघाउने

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
829371788.jpeg
संयुक्त राष्ट्रसंघ। सिरियामा विगत लामो समयदेखि जारी रहेको हिंसाको अन्त्यका लागि साउदी अरेबियाले सघाउने भएको छ । साउदी अरेबियाले यसका लागि वार्ताको समन्वय गर्ने भएको बताइएको छ । साउदी अरेबियाले आगामी डिसेम्बरको मध्यमा सिरियाली विपक्षी समूहसँग पनि समन्वय गरी वार्ता प्रक्रिया अघि बढाउनस सघाउने बताएको हो । 
संयुक्त राष्ट्रसंघको लागि साउदी अरेबियाका राजदूतले हालै सो जानकारी दिएका छन् । सो शान्ति वार्ताको प्रमुख मुद्दा सिरियामा गएका करिब पाँच वर्षसम्म जारी द्वन्द्वको अन्त्य भएको बताइएको छ । 
 
सिरियाली विपक्षी समूह र सिरियाली राष्ट्रपति बसर अल असदबीच छलफल गरी शान्ति वार्ताको टुङ्गो लगाउने उनले जनाएका छन् । दुवै पक्षसँगको वार्ताका लागि अरेबियाले समन्वय गर्ने योजना बनाएको उहाँको भनाई थियो । सिरियामा सन् २०११ को मार्च महिनाबाट सुरु भएको जनआन्दोलन पाँच वर्ष पूरा भएको छ । जारी यस द्वन्द्वमा जरी २०११ देखि हालसम्म २ लाख ५० हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । एघार लाख व्यक्ति घरबारविहीन भएका छन् भने लाखौँ व्यक्ति देशभित्र र छिमेकी राष्ट्रमा शरण लिन पुगेका छन् । हालैका दिनमा सिरियामा पुनः शक्ति राष्ट्रहरुको हवाई आक्रमण सुरु भएको बताइएको छ । 
 
यसै आन्दोलनको सुरुवातसँगै इस्लामिक स्टेट (आइएस) का आतङ्ककारीहरुले सिरिया र इराकलाई थप युद्धभूमि बनाएका छन् । सोही कारण आइएस खोज्ने क्रममा ती राष्ट्रहरुले सो आक्रमण जारी राखेका हुन् । यही नोभेम्बरको १३ मा फ्रान्सको राजधानी पेरिसमा भएको आतङ्कवादी हमलामा आइएसको हात भएएको प्रमाणित भएपछि सो समुहलाई खोज्ने क्रममा पनि सिरिया सो हमला जारी रहेको छ । एपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ