arrow

२० लाख बराबरको स्याउ जनावार र चराचुरुङ्गीलाई ठिक्क

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७३ साउन २७ बिहिबार
apple-size.jpg.jpeg
बझाङ। जिल्लाको दंगाजी गाविस स्थानीयहरुले लगाएको झण्डै २० लाख बराबरको स्याउ खेती बारीमा नै नष्ट हुन थाले पछि स्थानीय कृषक चिन्तीत बन्न थालेका छन्। दंगाजी गाविस वडा नम्बर ८ बगाडाका ७० परिवारले खेतबारीमा लगाएको झण्डै १३ हजार किलो स्याउ जंगली जनावर बाँदर, दुम्सी र जंगली चराचुरुङ्ले खाएर बारीमै नष्ट गरे पछि कृषकहरु चिन्तित बनेका हुन्।
 
बारीमा लगाएको  एक सय  क्युन्टल स्याउ  मध्य ५० क्युन्टल स्याउ जंगली जनावर बाँदर, दुम्सी र चराचुरुङ्गीहरुले रुखमा नै नष्ट स्थानीय कृषक दबेन्द्र सायरले बताए। उनले भयो बर्ष भरि संरक्षण गरियो अन्तिममा आएर यस्तो भयो। त्यस्तै आफ्नो बारीमा लगाएको एक सय ८० क्युन्टल स्याउ समेत बारीमै नष्ट हुने भन्दै आफुलाई समेत चिन्ता लागेको स्थानीय कृषक राम बहादुर खड्काले चिन्ता प्रकट गरे। 
 
स्याउ खेतीबाट आय आर्जन र घराँसि खर्र्च चलाउनका लागी स्याउ खेती गर्दै आएकी मनमती खड्काको बारीमा लगाएको स्याउ समेत जंगली जनावर तथा चराचुरुङ्गी लाई ठिक्क भएको छ। 
गाँउ बाट बजार २ दिनको दुरीमा पर्ने भएका कारणले र बजारमा स्याउ विक्री नहुने र भनेको जस्तो मुल्य नपाईने भएका कारणले स्याउ बारी मै कुहीने र चराचुरुङ्गीले नष्ट गर्ने गरेको बताए। 
 
गाँउ भरि लगाएको स्याउ फल्ने बेला यसरी नष्ट भए पछि गाँउलेहरुको एकमात्र आय आर्जको मूख्य स्रोत नै यस्तो भए पछि गाँउमा नै संकट आउन सक्ने स्थानियको भनाई छ। स्थानीय कृषक महेस साएर, जानकी खड्का, सेर बहादुर खड्का, जनक खड्का लगायत अन्य ७० परिवारले लगाएको स्याउ बारी मै कुहिन थालेको छ भने केही स्याउ बजार नजिक नहुदा थन्कीएको छ। 
 
स्याउ विक्री गर्न उचित नजिक बजार छैन बढी भाग नष्ट भई सक्यो केही रहेको स्याउ समेत कुहिने अबस्थामा आएको स्थानिय शेर बहादुर खड्काले बताए। उनले भने गाँउ भरिको झण्डै एक सय पचास कुन्टल स्याउ कुहिएर खेर गएको छ। बारी भरि गन्ध आउन्छ भएको स्याउ समेत किराले नष्ट गर्ने अबस्या आएको छ।
 
यहाँका  स्थानीयहरुले लगाएको लाखौ मुल्य बराबरको स्याउले बजार नपाएका कारण बारी मै नष्ट हुने गरेको हो।  हाल यहाँका स्थानीयहरुले गाँउमा प्रति एक रुपैयाका दरले एक स्याउको दाना विक्री गर्ने गरेका छन्। आफुहरुलाई स्याउको भण्डारण कसरी गर्ने भन्ने विषयमा ज्ञानको अभाव भएकै कारण बारी बाट निकालेको स्याउ कुहीने गरेको कृषकहरुको गुनासो छ।
 
यहाँका कृर्षकहरु १० बर्ष देखी स्याउखेती गर्दै आएका भएपनी स्याउ ले बजार नपाँउदा बर्षे पिक्ष कुहीने र जंगली जनावर तथा चराचुरुङ्गीले नष्ट गर्ने गरेको छ। उता जिलला कृषी बिकास कार्यालय भने लाखौको स्याउ नष्ट हुदा सम्म बेखबर बनेको छ। कृषि बिकास कार्यालयले हामीलाई जानकारी नभएको यदी त्यस्तो छ भने तत्कालै टोली खटाउने जनाएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ