arrow

नेपाली फुटबल टिम थाइल्यान्ड क्लबसँग पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १३ आइतबार
nepal-chonburi-football-club.jpg

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय  मैत्रीपूर्ण फुटबलमा थाइल्याण्डको शीर्ष डिभिजन क्लब चोनबुरी एफसीसँग ३–१ अन्तरले पराजित भएको छ ।

आइतबार चोनबुरी स्टेडियममा घरेलु टोलीलाई जिताउन फान्थामित प्रनात, रेनाटो केलिक र नाट्टापोङले एक एक गोल गरे । नेपालका लागि दर्शन गुरुङले एक गोल फर्काए  ।

थाइल्यान्ड भ्रमणको दोस्रो खेलमा प्रशिक्षक अब्दुल्लाह अल्मुताईरले  कप्तान किरण कुमार लिम्बू सहित अनुभवी खेलाडीलाई विश्राम दिँदै नयाँलाई मौका दिएका थिए । जारी थाई लिगमा चोनबुरी पाचौं स्थानमा रहेको छ ।

खेलको २४औं मिनेटमा फान्थामितले गोल गर्दै चोनबुरीलाई अग्रता दिलाएका थिए ।६५ औं मिनेटमा रेनाटोले गोल गर्दै अग्रता २(० को बनाए ।

८३ औं मिनेटमा दर्शनले गोल गर्दै नेपाललाई २(१ को स्थितिमा ल्याए । खेलको इन्जुरी समयमा नाट्टापोङले गोल गर्दै घरेलु टोलीलाई ३(१ को जित दिलाए ।

नेपालले यस अघि थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपाल २(० ले पराजित भएको थियो ।

एएफसी एसियन कप छनोटको तेस्रो चरणको तयारीका लागि नेपाल मैत्रीपूर्ण खेल्न थाइल्याण्ड पुगेको हो ।

एसियन कप छनोटको समूह  ए मा रहेको नेपालले  कुवेत, इन्डोनेसिया र जोर्डनसँग भिड्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ