arrow

विद्यमान समस्याको चाँडो समाधान गर्न चेम्बरको माग

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1969784549.jpeg
काठमाडौँ। मधेस केन्द्रित दलको बन्दसँगै चर्किएको अघोषित नाकाबन्दीले मुलुकको अर्थतन्त्र तहसनहस भई दैनिक जनजीवन गम्भीररुपमा प्रभावित भएकाले चाँडो समस्याको समाधान गर्न नेपाल चेम्बर अफ कमर्सले माग गरेको छ । आज यहाँ पत्रकारसम्मेलन आयोजना गरी विषम परिस्थितिमा सरकारले समस्याको समाधानको पहलमा लाग्नुपर्ने र आन्दोलनरत दलहरु जिम्मेवार भएर अगाडि बढ्न चेम्बर अफ कमर्सले जोड दिएको हो । 
 
“अहिले विषम परिस्थितिको यथाशीघ्र समाधान होस् भन्ने जोड्दार माग गर्दछौँ” चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले भन्नुभयो । उहाँले नाकाबन्दीले बैंक तथा वित्तीय संस्थासमेत जोखिमयुक्त हुने र सामाजिक एवम् आर्थिक विकृति मौलाउने भएकाले त्यसतर्फ सबै सचेत हुनुपर्ने बताउनुभयो । 
 
सरकारले जारी गरेको श्वेतपत्रले देशको वर्तमान अवस्थालाई सम्बोधन गर्न नसकेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “श्वेतपत्रमा वर्तमान अवस्थाको विश्लेषण मात्र गरिएको छ, यो अवस्था सिर्जना गर्ने वास्तविक कारणहरु र समस्या समाधानबारे स्पष्ट गर्न सकेको छैन ।” बन्द र नाकाबन्दीले देशको अर्थतन्त्र झन्डै एक दशकपछि परेको र चालु आवको आर्थिक वृद्धिदर नकारात्मक हुने स्पष्ट भइसकेको अवस्थामा चाँडो समस्याको समाधानतर्फ लाग्नुपर्नेमा अध्यक्ष श्रेष्ठले जोड दिनुभयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ