arrow

भारतीय राजदूतलाई हटाउन माग, नाकाबन्दीविरुद्ध दिनहुँ प्रदर्शन

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1839515069.jpeg
काठमाडौं । भारतीय नाकाबन्दीले आक्रान्त बनेका नागरिक र संघ संगठनहरुले पछिल्लो समय नेपालका लागि भारतीय राजदूत रणजित रायलाई फिर्ता पठाउन माग गरिरहेका छन् । लामो समय देखिको जाकाबन्दीले जनजीवन असहज भएपछि संघ संगठन तथा नागरिक स्वयं राजदूतविरुद्ध खनिएका हुन् । एक पछि अर्को गर्दै विभिन्न समूहहरु दूतावास घेर्न पुगिरहेका छन् । 
 
सोमबार दिउँसो नेपाल मज्दुर किसान पार्टीसम्वद्ध पेशागत तथा भ्रातृ संगठनहरुले दूतावास मार्फत भारतीय प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । उनीरुले दूतावास अघि आयोजित विरोधसभामा भारतीय राजदूत रणजित रायलाई फिर्ता पठाउन समेत माग गरेका छन् । नेपाल सरकारले असफल राजदूतलाई तत्काल फिर्ता पठाउनु पर्नेमा उनीहरुले जोड दिए । केही दिन अघि मात्रै मोहनबैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी चेतावनी स्वरुप ज्ञापनपत्र बुझाउन दूतावास पुगेको थियो ।  
 
नेमकिपा निकट पेशागत तथा जनवर्गीय संगठनहरुले राजदूतावास अघि प्रदर्शन समेत गरे । उनीहरुको जुलुस रत्नपार्कबाट सुरु भएको थियो । जुलुस भारतीय दूतावास पुगेर सभामा परिणत भयो । 
 
दूतावासमार्फत् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाइएको ज्ञापनपत्रमा काठमाडौंस्थित भारतीय दूतावास, वीरगन्ज र विराटनगरस्थित भारतीय महावाणिज्य दूतावास अवाञ्छित गतिविधिमा संलग्न हुँदै आएको उल्लेख छ ।
 
स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न र मैत्रीपूर्ण, आपसी सम्मानकासाथ प्रगति उन्मुख हुन भारतीय प्रधानमन्त्रीलाई संघ संगठनहरुले आग्रह गरेका छन् । पछिल्लो समय भारतीय नकाबन्दी विरुद्ध दिनहुँ प्रदर्शन हुँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ