arrow

धितोपत्र बजार उतारचढावपूर्ण, सातामा छ अर्ब बढीको कारोबार

logo
प्रकाशित २०७३ साउन २९ शनिबार
sebon.jpg.jpeg
काठमाडौँ । धितोपत्र बजारमा यस साता निकै उतारचढावपूर्ण रुपमा कारोबार भयो । नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार बजार ५ प्रतिशतले घटेको र मङ्गलबार ५ प्रतिशतले बढ्दा ‘सर्किट ब्रेक’ नै लगाउनुपरेको थियो । 
 
यो साता बजारमा रु छ अर्ब पाँच करोड ६५ लाख ८८ हजार कारोबार भएको छ । साताको पहिलो दिन आइतबार सामान्य गिरावट देखिएको बजारमा १४१ कम्पनीका रु २१ लाख १६ हजार ३५४ कित्ता सेयर खरिद बिक्रीबाट रु एक अर्ब ५३ करोड १४ लाख ७४ हजार ६७६ को सेयर कारोबार भएको थियो । 
 
सो दिन नेप्से परिसूचक ३.८८ अङ्कले घटेर बैकिङ, जलविद्युत्, बिमा र उत्पादनमूलक समूहका सूचक रातो भएका कारण बजार प्रभावित भएको थियो । 
 
सोमबार बजार यो वर्षकै उच्च ८८ दशमलव ८१ अङ्कले घटेर नेप्से परिसूचक एक हजार ६७५.९१ अङ्कमा झरेर रोकिएको थियो । उच्च अङ्कको गिरावटले गर्दा बजार डेढ घन्टा पहिले नै बन्द भयो । सो दिन ११ लाख ६२ हजार ५७१ कित्ता सेयर खरिदबिक्रीबाट रु ८७ करोड ९३ लाख ८१ हजारको कारोबार भएको थियो । 
 
साताको तेस्रो दिन मङ्गलबार भने पँुजी बजारमा दुई पटक ‘सर्किट ब्रेक’ लगाउँदा समेत नेप्से परिसूचक ८४. ५१ ले बढेर रु २९ करोड ८३ लाख कारोबार भएको थियो भने बजार एक हजार ७६०.४२ अङ्कमा पुगेको थियो । 
 
बुधबार बजारले अघिल्लो दिनकै लय समात्दै १९.१५ अङ्कले बढेको थियो । कुल १४६ कम्पनीका ३५ लाख ८१ हजार ४७५ कित्ता सेयर खरिदबिक्री भएको उक्त दिन कारोबार साताभरकै उच्च अर्थात् रु दुई अर्ब दुई करोड ८७ लाख ५९ हजार ७७९ बराबरको भएको थियो । 
 
कारोबारका हिसाबले साताको अन्तिम दिन बिहीबार भने सेयर बजारमा सामान्य गिरावट आयो । कुल ३५ लाख ४४ हजार ७ ८४ कित्ता सेयर खरिदबिक्रीबाट रु एक अर्ब ३१ करोड ८६ लाख ७२ हजार ५७५ को कारोबार भएको बिहीबार बजार ४.७० अङ्कले घटेर एक हजार ७७४.८७ अङ्कमा झरेर थामिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ