arrow

महानगरपालिकाले ‘काठमाडौं मल’ को अस्थायी संरचना विरूद्ध कारबाही अगाडि बढाउने

logo
प्रकाशित २०७३ साउन ३० आइतबार
Metropolitan_Office_KTM.jpg.jpeg.jpeg
काठमाडौं। एकआपसमा लेनदेनको विषयमा काठमाडौं महानगरपालिका र सञ्चयकोषबीच सहमति भएको छ। साउन १९ गते दुई निकायका कार्यकारी प्रमुखको नेतृत्वमा बैठक बसी काठमाडौं महानगरपालिकाको २२ वडामा पर्ने सुन्धारा स्थित हाल काठमाडौं मल रहेको भवनको नक्सा स्वीकृत सम्बन्ध लगाय तिरोतारोको विषयमा छलफल गरी विभिन्न सहमति भएको महानगरपालिकाले जनाएको छ।
 
यी दुई निकायबीच भएको सहमतिमा कर्मचारी सञ्चयकोषको स्वामित्वमा रहेको भवनको अस्थायी पास नक्सा तथा प्रचलित मापदण्ड विपरित निर्माण भएका संरचनाहरूको कारबाहीको लागि कानूनी प्रक्रिया अगाडि बढाउने र सो सम्बन्धमा निर्णय भई कार्यान्वयन प्रक्रिया सुरू भएपश्चात् पेश भएको नक्सा अनुसारको दस्तुर एवं जरिवाना लिई नक्सा पास प्रक्रिया अगाडि बढाउने सहमति भएको छ।
 
त्यस्तैगरी, काठमाडौं महानगरपालिकालाई कर्मचारी सञ्चयकोषले तिर्नु बकुझाउनु पर्ने कर दस्तुर, कर दस्तुर, र शुल्कका सम्बन्धमा कानूनी प्रावधानहरूसहितका विषयमा अध्ययन गर्नको लागि एउटा समिति गठन गर्ने र सो समितिले बुझाएको प्रतिवेदन अनुसार कोषले चिर्नुपर्ने रकमको फरफर गर्ने सहमति पनि भएको महानगरपालिकाले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ