arrow

‘लाखौँ बालबालिका जोखिममा’

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
2035951606.jpeg
काठमाडौं । इन्धन, खाना, औषधि र खोपको बढ्दो अभावले यो वर्षको जाडो महिनामा नेपालका पाँच वर्षमुनिका तीस लाखभन्दा धेरै बालबालिका बिरामी वा मृत्युसमेत हुनसक्ने भन्दै युनिसेफले चेतावनी दिएको छ । युनिसेफका कार्यकारी निर्देशक एन्थोनी लेकले अत्यधिक जाडो, कुपोषणको जोखिम, जीवन जोगाउने औषधि र खोपको अभाव एकैचोटि थपिँदा यो जाडो थप घातक हुनसक्ने बताएको युनिसेफद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।
 
 ‘देशका बालबालिका र उनीहरूका परिवारले भोगिरहेको अवस्था दिनदिनै बिग्रँदै गइरहेको छ र आगामी जाडो महिनाहरूमा अझ बिग्रनेछ,’ युनिसेफको दक्षिण एसिया क्षेत्रीय निर्देशक क्यारिन हुल्सफले भने, ‘बालबालिका रोग, जाडो र भोकबाट जोगिनुपर्छ । युनिसेफले सबै पक्षलाई नेपालमा अत्यावश्यक सामग्रीको आयातमा भएको अवरोधलाई कुनै विलम्बविना तत्काल सम्बोधन गर्न आग्रह गर्दछ ।’ गत वैशाखमा गएका दुई ठूला भूकम्पको असर भोगेका बालबालिका अहिलेको अवस्थामा सबैभन्दा नराम्रोसँग प्रभावित हुन सक्छन् । 
 
ती धक्काहरूबाट प्रभावित दुई लाखभन्दा धेरै परिवार अझै पनि समुद्री सतहबाट एक हजार पाँच सय मिटरभन्दा माथिको उचाइमा रहेका अस्थायी आश्रयमा बसिरहेको उल्लेख छ । इन्धन अभावले आगो बाल्न दाउरामा भर पर्नुपर्ने अवस्था बढ्दै जाँदा घरभित्र धुँवाले हुने प्रदूषण बढाइरहेको छ । यसले निमोनियाका घटना बढाउन सक्छ । गत वर्ष मात्रै पाँच वर्षमुनिका आठ लाखभन्दा धेरै बालबालिका निमोनियाबाट प्रभावित भएका थिए, जसमध्ये करिब पाँच हजारजनाको मृत्यु भएको थियो । 
 
आगामी दुई महिनामा नेपालमा जन्मिने अनुमान गरिएका एक लाख २५ हजार नवजात शिशुहरू पनि विशेष जोखिममा छन् । इन्धन अभावले देशभर एम्बुलेन्स सेवा प्रभावित भएको छ । यसले अस्पताल र स्वास्थ्य संस्थामा हुने सुत्केरीको संख्या घटाएको छ । न्यानो बनाउनका लागि आवश्यक इन्धनको अभावले आफ्नो शरीरको तापक्रम नियन्त्रण गर्न पूर्ण रूपमा सक्षम नभएका नवजात शिशुहरू जाडोले अत्यधिक प्रभावित हुने र मृत्युसमेत हुनसक्ने जोखिममा छन्। नयाँ पत्रिकामा खबर छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ