arrow

रियो ओलम्पिक:पदक दौडमा अमेरिका खरायो, चीन कछुवा

logo
प्रकाशित २०७३ साउन ३० आइतबार
medals--stand.JPG.jpeg
एजेन्सी । चीनले बेजिङ ओलम्पिक २००८ मा ५१ स्वर्ण हात पार्दै पहिलो स्थान हाँसिल गर्‍याे ।  ओलम्पिकको गत संस्करण लण्डन ओलम्पिक २०१२ मा पनि चीनले ३८ स्वर्ण हात पार्‍याे ।  जुन पहिलो बनेको अमेरिकाको भन्दा मात्र ८ ले कमी हो ।
 
ओलम्पिकको पछिल्लो संस्करणमा यी दुई टोलीलाई नै पदक दौडमा मुख्य दावेदारको रूपमा हेरिन्छ । तर ब्राजिलमा जारी रियो ओलम्पिकमा भने अमेरिकाले चीनलाई पदक दौडमा निकै पछि पारेको छ । 
 
पदक दौडमा खरायो चालमा दौडेको अमेरिकाले २४ स्वर्ण हात पारिसकेको छ । चीन भने कछुवा गतिमा देखिन्छ । पदक दौडको दोस्रो स्थानमा भएपनि चीनले मात्र १३ स्वर्ण हात पारेको छ । 
 
जारी रियो ओलम्पिकमा रजत र कांस्य गरी अमेरिकाले कुल ६१ पदक हात पारिसकेको छ भने चीनको खातामा कुल ४१ पदक छ । 
 
यस्तै पदक दौडमा बेलायत र जर्मनी क्रमशः तेस्रो र चौंथो स्थानमा छन् । बेलायतको खातामा १० र जर्मनीको खातामा ८ स्वर्ण छ। जापान ७ स्वर्णसहित पाचौं स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ