arrow

यसरी मनाइयो क्युबाका क्रान्तिकारी क्यास्ट्रोको जन्मदिन

logo
प्रकाशित २०७३ साउन ३० आइतबार
fidel-castro.jpg.jpeg
बेइजिङ्ग। क्युबाका लोकप्रिय क्रान्तिकारी नेता तथा पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोले आफ्नो ९०औँ वार्षिक जन्मोत्सव मनाएका छन् । जन्मोत्सवका दिन लाखौँ क्युवावासी तथा विदेशबाट समेत उनलाई चिरायु र शुभकामनाको ओइरो लागेको छ । 
 
त्यस्तै क्युवाली जनताले पनि उल्लासका साथ सांस्कृतिक र मनोरन्जनात्मक गतिविधि आयोजना गरी देशैभरी उनको जन्मदिन मनाउँदैछन् । पूर्वराष्ट्रपति क्यास्ट्रोलाई सिगार (चुरोट) मन पर्ने हुँदा एकजना सिगार उत्पादकले ९० मिटर लामो विश्वको सबभन्दा ठूलो सिगार बनाई उनलाई भेट गरेर सम्मानसमेत अर्पण गरेका छन् । 
 
क्युवाली सरकारी सञ्चार माध्यममा ‘द बर्थ डे’ शीर्षकमा आज पूर्वराष्ट्रपति क्यास्ट्रोको एउटा आत्मपरक रचना प्रकाशित भएको छ । उक्त लेखमा क्यास्ट्रोले पूर्वी क्युबामा जन्म भई आफ्नो वाल्यकालमा बिताएका रमाइला दिन, किशोराअवस्थामा गरेका पढाइ र युवावस्थामा प्रवेश गरेपछि क्रान्तिको नेतृत्व सुरु गरेको, आफ्नो पिताको मृत्यु भएको इत्यादि सबै स्मरण गरी सबिस्तार वर्णन गरेका छन् । 
 
साथै, सन् १९५९ मा तत्कालिन अमेरिकी अधिनायकवादी तानाशाह फल्गेन्सियो बाटिस्टाको सरकारलाई अपदस्थ गर्नमा कसरी भूमिका खेलिएको थियो सो पनि उक्त लेखमा सबिस्तार उल्लेख गरेका छन् । 
 
‘विश्वका दुई ठूला शक्तिराष्ट्र : रुस तथा चीनले गरेका सामरिक शक्ति सञ्चय र आणविक प्रगतिलाई कसैले रोक्न र छेक्न सक्दैन । क्युवा उपर अमेरिकी राष्ट्रपतिले गाडेको गिद्धे नजर मैले करिव आधा शताब्दिसम्म प्रतिरोध गर्दै आएको थिएँ’ उक्त लेखमा भनिएको छ । 
 
क्युवाका गुप्तचर एजेन्सी संस्थाका अनुसार यी क्रान्तिकारी र कट्टर अमेरिका विरोधी नेता क्युवाली क्रान्ति पश्चात् सन् १९५९ मा सत्तामा आएपछि सन् २००८ मा अवकाश नलिउन्जेलसम्म दुस्मनले यिनका विरुद्ध विभिन्न थरी र कुनैकुनै त ज्यानै लिनेसम्मका छ सयभन्दा बढी षड्यन्त्रहरु रचेका थिए । सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ