arrow

भलिबल स्टार सरस्वतीलाई जापानमा प्रशिक्षण लिने अवसर जुर्‍याे

logo
प्रकाशित २०७३ साउन ३० आइतबार
saraswati-japan-going.jpg.jpeg
काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्टार खेलाडी सरस्वती चौधरीले जापानमा एकमहिने भलिबल प्रशिक्षण लिने भएकी छन् । 
 
उनले जापानको तुसुकुवा युनिभर्सिटीमा प्रशिक्षण लिने भएक हुन् । जापानका भलिबल प्रशिक्षक सुन्जीयाना गिता, शसस्त्र प्रहरी महानिरिक्षक दुर्ज कुमार राई र नेपाली राष्ट्रिय भलिबल टोलीका पूर्व खेलाडी देवनारायण चौधरीको पहलमा सरस्वतीले उक्त अवसर प्राप्त गरेकी हुन् । 
 
सरस्वती विभागीय टोली एपीएफ क्लबकी पहिलो रोजाईकी खेलाडी हुन् । प्रशिक्षणका लागि सरस्वती आइतबार जापान प्रस्थान गरेकी छन् । उनको प्रशिक्षण आगामी सेप्टेम्बर १५ सम्म चल्नेछ । सरस्वतीलाई जापान जाने, बस्ने र प्रशिक्षणका क्रममा लाग्ने सम्पूर्ण खर्च जापानी प्रशिक्षकले बेहोर्नेछन् । त्यसको साथै देवनारयणले समेत उनलाई सहयोग गर्नेछन् । 
 
‘खेलाडीको रुपमा जापानमा गएर प्रशिक्षण लिन पाउनु भनेको मेरा लागि ठूलो खुशीको कुरा हो । त्यहाँ सिकेको सिपलाई मैले राष्ट्रिय टोलीमा प्रयोग गर्न सक्छु भन्ने लागेको छ । मलाई यो अवसर जुराई दिनुहुने सबैलाई धन्यवाद दिन चाहन्छु । प्रशिक्षण पछि मेरो खेलमा प्राविधिक निखार आउनेछ भन्ने लागेको छ,’ आइतबार जापान प्रस्थान गर्नुअधि सरस्वतीले भनिन् । 
 
नेपाली भलिबल खेलाडीमध्ये सरस्वती वैदेशिक प्रशिक्षण पाउने दोस्रो खेलाडी हुन् । यसअघि उनै जापानी प्रशिक्षक सुन्जीयानाको सहयोगमा पूर्व राष्ट्रिय खेलाडी दुर्ज कुमार राईले साढे तीनमहिनाको बैदेशिक प्रशिक्षण लिने अवसर पाएका थिए । 
 
दुर्ज कुमारको वैदेशिक प्रशिक्षण भने जर्मनमा भएको थियो । सरस्वतीलाई आइतबार नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले शुभकामना ब्यक्त गदै भने– भलिबलले नाम र इज्जत दिएको छ, तिमी राष्ट्रको सम्पती हौ, कडा मिहनेत गरेर प्रशिक्षणमा खरो उत्रिने छौं । 
 
सरस्वतीलाई नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्द, सदस्यद्धय ज्योती केसी, रिता कोइराला, हिमरश्मि स्कुलका प्रिन्सिपल लोकेन्द्र खड्कालगायतले समेत शुभकामनासहित विदाई गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ