arrow

क्रान्तिकारीको शैक्षिक संस्था बन्द आब्हानको असर

logo
प्रकाशित २०७३ साउन ३१ सोमबार
school.jpg.jpeg
काठमाडौं । नेकपा माओवादी नेत्र विक्रम चन्द विप्लव समूहको विद्यार्थी संगठनले आब्हान गरेको शैक्षिक क्षेत्र बन्दको घोषणाले मुलुकभरमा शैक्षिक संस्थामा असर पुगेको छ । निजी विद्यालयले बढाएको शुल्क वृद्धि र विकृति विरुद्ध भन्दै क्रान्तिकारी विद्यार्थीले सोमबार र मंगलबार गरी दुई दिन शैक्षिक संस्था बन्दको आब्हान गरेको हो । 
 
बन्द आब्हानका कारण मुलुकका अधिकांश शैक्षिक संस्था बन्द भएका छन् । केही शैक्षिक संस्था भने खुलेका छन् । पटक पटक सरकारले शैक्षिक शुल्क वृद्धि नगर्न आग्रह गरे पनि निजी शैक्षिक संस्थाले अटेर गर्दै आएका छन् । 
 
 
बन्द आब्हानका कारण आंशिक असर पुगेको बताउँदै काठमाडौं महानगरीय परिसरका प्रवक्ता सिद्धिविक्रम शाहले कुनै अप्रिय घटना नभएको बताएका छन् । उनले शैक्षिक संस्था बन्द गराउँदै हिंड्ने कुनै पनि क्रान्तिकारी विद्यार्थी कार्यकर्ता पक्राउ नपरेको जनाएका छन् ।  
 
शैक्षिक संस्था बन्द आब्हानले निजी विद्यालयमा भने बढी असर परेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ