arrow

रियो पदक तालिकामा अमेरिकाको अग्रता कायमै, बेलायत दोस्रो, चीन तेस्रो

logo
प्रकाशित २०७३ भदौ १ बुधबार
gold-medal-USA.jpg.jpeg
एजेन्सी। ब्राजिलमा जारी रियो ओलम्पिकको पदक तालिकामा अमेरिकाको अग्रता कायमै छ। २८ स्वर्णसहित अमेरिका पदक तालिकाको शिर्ष स्थानमा छ। मंलबार २६ स्वर्ण रहेको अमेरिकालाई वुधबार थप दुई स्वर्ण हात परेको हो। 
 
दुईदिन यता चीनलाई पछि पार्दै माथि उक्लिएको बेलायत वुधबारपनि दोस्रो स्थानमा छ। बेलायतको १९ स्वर्ण छ। बेलायतले आफ्नो स्वर्ण सङ्ख्यामा तीन स्वर्ण थप गरेको छ। चीन भने आज पनि तेस्रो स्थानमा छ। चीनले पनि आफ्नो खातामा दुई स्वर्ण थप गर्दै स्वर्ण संङ्ख्या १७ पुर्याएको छ।
 
१२ स्वर्णसहित रूस पदक तालिकाको चौंथो स्थानमा छ। हिजो ११ स्वर्ण रहेको रूसलाई थप एक स्वर्ण हात परेको हो। 
 
इटालीलाई पछि पार्दै जर्मनी पदक तालिकाको पाचौं स्थानमा उक्लिएको छ। जर्मनीको ११ स्वर्ण छ। ८ स्वर्ण भएको इटाली तालिकाको छौंठौ स्थानमा छ। मंगलबार जर्मनीलाई इटालीले पदक तालिकामा पछि पारेको थियो। 
 
८ स्वर्णसहित नेदरल्याण्ड्स पनि पदक तालिकाको सातौं स्थानमा उक्लिएको छ। समान ७ स्वर्ण हात पारेको फ्रान्स र अष्ट्रेलिया क्रमशः आठौं र नवौं स्थानमा छन्। यस्तै ७ वटै स्वर्ण हात पारेको जापान दशौं स्थानमा छ। 
 
रियो ओलम्पिकमा हालसम्म ७६ मुलुकले पदक हात पारेका छन्। मंगलबार सम्म पदक हात पार्नेमा ७२ मुलुक रहेकोमा थप ४ मुलुकले पदक हात पारेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ