arrow

सक्षी मलीकको काँस्य रियो ओलम्पिकमा दक्षिण एसियाकै पहिलो

logo
प्रकाशित २०७३ भदौ २ बिहिबार
mediaitem90814874.jpg.jpeg
 
 
एजेन्सी । ब्राजिलमा जारी रियो ओलम्पिकमा भारतका लागि सक्षि मलीकले पहिलो पदकस्वरूप काँस्य हात पारेकी छिन्। मलिकको यो काँस्य जारी रियो ओलम्पिकमा दक्षिण एसियाकै पहिलो पदक हो। जारी रियो ओलम्पिकमा दक्षिण एसियाका आठैं मुलुकको सहभागिता रहे पनि कुनै पदक हात पर्न सकेको थिएन।
 
२३ वर्षिय मलिकले रेस्लिङतर्फ ५८ केजी श्रेणीमा काँस्य पकद जितेकी हुन्। योसँगै मलिक भारतका लागि ओलम्पिकमा पदक जित्ने पहिलो महिला रेस्लर भएकी छिन्। साथै मलिक भारतका लागि ओलम्पिकमा पदक जित्ने चौंथो महिला पनि हुन्।
 
समाचार संस्था हिन्दुसँग कुरा गर्दै मलिकले भनिन् “मैले कहिले सोचेको थिइन म भारतका लागि ओलम्पिकमा पदक जित्ने पहिलो महिला रेस्लर हुन्छु भनेर।“मलिकको जन्म भारतको हरयाना राज्यमा भएको थियो जहाँ कहिलेकाहीँ महिलाहरू रेस्लिङमा सहभागि हुन पाउँदैनथे। “बिहिबारको काँस्य १२ वर्षको लगाव थियो। मैले अन्तिमसम्म पनि हार स्वीकार गरिन, मैले सक्दो गर्नु थियो, म मा आत्माविश्वास थियो,” मलिकले भनिन्।
 
ओलम्पिकको अघिल्लो संस्करण, लन्डन ओलम्पिक २०१२ मा दक्षिण एसियाबाट भारतले २ रजत र ४ काँस्य गरि कुल ६ पदक र अफगानिस्तानले १ काँस्य हात पारेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ