arrow

नेविसंघको १८ औं अध्यक्षको रूपमा निर्वाचित नैनसिंह महर को हुन् ?

logo
प्रकाशित २०७३ भदौ २ बिहिबार
nainsingh-mahar.jpg.jpeg
काठमाडौं। नेपाल विद्यार्थी संघङ्को ११औं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित नैनसिंह महर नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष हुन्। भागेश्वर गाउँ विकास समिति ९ डडेल्धुरामा जन्मिएका महर वि. सं. २०४६ सालदेखि राजनीतिमा प्रवेश गरेका हुन्। विद्यालयमा पढ्दादेखि नै राजनीति सुरु गरेका महर विद्यालय तहमा पढ्दाखेरी नेपाल विद्यार्थी संघको अध्यक्ष बनेका थिए। 
 
नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्ष हुँदै नेपाल विद्यार्थी संघको पूर्व उपाध्यक्ष समेत बनिसकेका उनी ११औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी थिए। लामो समयदेखि कार्यबाहक चलाएर वि. सं २०५५-५६ सालतिर डडेल्धुरा जिल्ला अध्यक्ष बनेका उनी लोकतन्त्रप्राप्तिको लागि भएको शाही शासन विरूद्धको २०६२-६३को आन्दोलनमा झण्डै तीन महिनासम्म जेलमा पुगेका थिए। 
 
पत्रकारितामा समेत राम्रो दख्खल रोखेका उनी डडेल्धुराको पत्रकार महासंघका संस्थापक अध्यक्ष समेत हुन्। महर नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य, संगठन विभाग प्रमुख हुँदै २०६४ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय उपाध्यक्ष समेत बने। 
 
लेखन क्षेत्रमा समेत दख्खल राख्ने महरले राम्रो लेखनीको सम्मान स्वरूप कन्स्ट्रक्टिभ स्टुडेन्ट अवार्ड, बेलायती एक संस्थाद्वारा स्टुडेण्ट लिडर अवार्ड २०१० बाट समेत सम्मानित भएका थिए। शिक्षाका चुनौतीहरूको विषयमा लेख लेखेर लेखन क्षेत्रमा समेत आफ्नो निख्खरता प्रस्तुत गरेका महरले नेपाली काँग्रेसका भातृ संगठन नामक पुस्तक र नेपाली काँग्रेसको महाधिवेशन ताका ‘अबको काँग्रेस’ नामक पुस्तक पनि प्रकाशित गरेका छन्। 
 
प्रजातन्त्रलाई तल्लो तहसम्म प्रचारप्रसार गर्ने उद्देश्यले ‘स्कूल अफ डेमोक्रेसी’नामक अभियान पनि उनको नेतृत्वमा सञ्चालन भईरहेको छ। त्यसको महर केन्द्रीय अध्यक्ष हुन्।
 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ