arrow

प्राविधिक तर्फ शाह, खनाल र बस्नेत विजयी

logo
प्रकाशित २०७३ भदौ २ बिहिबार
melli-shah.jpeg
काठमाडौं। नेपाल विद्यार्थी संघको मतपरिणाम आउने क्रम जारी छ। मतपरिणाम अनुसार केन्द्रीय सदस्यमा प्राविधिकतर्फ दुई छात्र र १ छात्रा निर्वाचित भएका छन्। छात्रातर्फ मेली शाह र छात्रतर्फ इन्जिनियर कुलराज खनाल र पुष्पराज बस्नेत निर्वाचित भएका छन्। ३ पदका लागि २२ जना चुनावी मैदानमा थिए।  
 
यसअघी पोखरा विश्वविद्यालय नवराज त्रिपाठी विजयी भएका छन्। काठमाडौं विश्वविद्यालय डा रितेश चिमोरिया विजयी भएका छन्। 
 
त्रिवि आंगिक क्याम्पसबाट शैलेन्द्र गौडेल, प्रकाश सेढाइ र सुनिता पोखरेल निर्वाचित भएका छन्। निर्वाचितहरु सबै जना सभापति शेर बहादुर देउवा, कृष्ण प्रसाद सिटौला र गगन थापाले समर्थन गरेकाहरु हुन्। गौडेल भने गगन थापासँग अत्यन्त निकट मानिन्छन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ