arrow

दक्षिण एसियाली आइटिएफ तेक्वान्दोका पदकविजेता सम्मानित

धमला र कार्की पनि सम्मानित

logo
प्रकाशित २०७३ भदौ २ बिहिबार
ITF-TEK.jpeg
काठमाडौं । भारतमा भएको पाँचौ दक्षिण एसियाली आइटिएफ तेक्वान्दोका पदकविजेता खेलाडी सम्मानित भएका छन् । दक्षिण एसियाली तेक्वान्दोमा चार स्वर्ण सहित १३ पदक जित्दा नेपाल टिम दोस्रो भएको थियो । 
 
बैंग्लोरमा भएको खेलमा नेपालले चार स्वर्ण, ६ रजत र तीन कांस्य पदक हात पारेको थियो । पदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्यसचिव केशव कुमार विष्टले प्रशंसापत्र प्रदान गरी सम्मान गरे । 
 
नेपालका लागि सोनी खड्काले दुई स्वर्ण तथा पूजा खुलाल मगर र विरेन्द्र कुँवरले समान एक–एक स्वर्ण जितेका थिए । फाइटमा आशिष कार्की, मनोज खड्का, दिपक गौतम र सुवास आले मगरले रजत पदक जिते । 
 
त्यस्तै, प्याट्रनमा पूजा खुलाल मगर र आशीष कार्कीले रजत जितेका थिए । प्याट्रनमै दिलेन राई, विरेन्द्र कुँवर र दिपक गौतमले कास्य पदकमै चिक्त बुझाएका थिए । अमेरिकामा भएको आइटिएफ तेक्वान्दोमा स्वर्ण पदक जित्ने घम थापा मगर समेत सम्मानित भए । 
 
यस्तै, टोलीको प्रशिक्षक दिनेश शर्मा र विजय श्रेष्ठ सम्मानित भए । उनीहरुलाई नेपाल आइटिएफले सम्मानपत्रद्धारा सम्मान गरेको थियो । सोही अवसरमा जापानमा  भएको ४०औँ केन्पोकाई कराते विश्व च्याम्पियनसिपमा एक स्वर्ण, एक रजत र दुई कास्य पदक विजेता खेलाडी र प्रशिक्षक नाराज खड्का समेत  सम्मानित भए ।  
 
दक्षिण एसियाली आइटिएफ तेक्वान्दो फेडेरेशनमा नवनिर्वाचित उपाध्यक्ष अन्जन धमलालाई नेपाल माार्सल आर्ट गेम्स कमिटी र सदस्यमा निर्वाचित प्रविन कुमार कार्कीलाई नेपाल आइटिएफ तेक्वान्दोले सम्मान तथा बधाईपत्र प्रदान गरेको छ ।
 
धमला र कार्कीले राष्ट्रिय खेलकुद परिषद(राखेप)का सदस्यसचिव केशव कुमार विष्टले सम्मान पत्र प्रदान गरे । नेपाल आइटिएफले नवनियुक्त युवा तथा खेलकुदमन्त्रि दलजित बिक श्रीपाइलीलाई स्वागत गरेको थियो । प्रमुख अतिथी खेलकुदमन्त्रि श्रीपाइलीले नेपाल आइटिएफका तेक्वान्दोको वेबसाइट र बुकलेट उद्घाटन गरेका थिए । कार्यक्रममा दक्षिण एसियाली तेक्वान्दोका उपाध्यक्ष धमलाले खेलाडीको सफलताले आफ्नो कार्यकाल थप विकास गर्न हौसला मिलेको बताए ।
 
सोही अवसरमा अगष्ट ७ तारिखमा जापानको हामामाचुमा भएको ४० औं विश्व केन्पोकाइ च्याम्पियनसिपका स्वर्ण विजेता संघर्ष चपाईं, रजत विजेता सौगात शर्मा र कांस्य विजेता तिलकबहादुर कार्की पनि सम्मानित भए । प्रशिक्षक नराज खड्कालाई पनि सम्मान गरियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ