arrow

उसेन बोल्ट: क्रिकेटर बन्ने सपनादेखि सर्वाधिक गतिमान मानवसम्म

पाकिस्तानी फास्ट बलर वकार युनिसका फ्यान

logo
प्रकाशित २०७३ भदौ ३ शुक्रबार
bolt.jpg.jpeg
काठमाडौं। सन् १९८६ अगस्त २१मा जन्मेका जमैकन धावक उसेन बोल्ट विश्वका तिव्र गतिका धावक हुन्। उनी पृथ्विमा सार्वाधिक गतिमान मानवका रुपमा परिचित छन्। रियो ओलम्पिकमा १०० मीटर र २०० मीटरको दौड प्रतिस्पर्धामा स्वर्ण पदक हासिल गरिसकेका बोल्ट दुवै स्पर्धामा विश्व रेकर्ड राखेका छन्। 
 
लाईट्निङ बोल्टका नामले चिनिने सार्वाधिक गतिमान खेलाडी उसेन बोल्टले आफ्नो बालककाल अधिकांश समय क्रिकेट र फुटबल खेलेर बिताएका थिए।  १२ बर्षको उमेरमा आफ्नो विद्यालयमा भएको १०० मी. दौडमा पहिलो भएका थिए। 
 
उनका क्रिेकट कोचले उनमा दौड्न सक्ने क्षमता देखे पछि उनलाई एथ्लेटिक्समा पनि ध्यान दिन अभिप्रेरित गरेका थिए। उनको पहिलो प्रेम क्रिकेट रहेको थियो तर समयले उनलाई एथ्लेटिक्स तिर डोर्‍याएको हो। फास्ट बलर हुने सपना देखेका बोल्टलाई कोचको मार्गदर्शनले एथलेटिक्स तिर डोर्‍याएको थियो। 
 
एथलेटिक्समा नआएको भए उनी क्रिकेटर हुन्थे र फास्ट बलर हुन्थे, उनका क्रिकेट कोचले भनेका छन् । बालक हुँदा उनी पाकिस्तानी क्रिकेट टिमको समर्थक थिए र पाकिस्तानी फास्ट बलर वकार युनिसका फ्यान पनि रहेका थिए। भारतका सचिन तेण्दुलकर र अष्ट्रेलियाका म्याथ्यु हेडेनसँगै क्रिस गेल पनि उनका मन पर्ने क्रिकेटर हुन्। 
 
ओलम्पिकको मात्र कुरा गर्ने हो भने बोल्टले आठ स्वर्ण पदक हात पारिसकेका छन्। उनले सन् २००८को बेईजिङ र सन् २०१२को लण्डन ओलम्पिकमा तीन-तीन स्वर्ण जितेका थिए। १०० मी., २०० मी. र ४ *१०० रिलेमा स्वर्ण पदक हासिल गरेका थिए। 
 
रियो ओलम्पिकको ४*१०० मिटरको फाईनल हुन बाँकी रहेको छ। यदी उक्त प्रतिस्पर्धामा जमैकाले स्वर्ण हात पारेको खण्डमा बोल्टको स्वर्ण संख्या ९ पुग्नेछ। 
 
१०० मी. र २०० मी. स्पर्धामा विश्व रेकर्ड बोल्टको नाममा रहेको छ। १०० मी. दौड उनले ९.५८ सेकेण्डमा पुर गरेका छन् भने १९.१९ सेकेण्डाम २०० मी. दौड पुरा गरेका छन्। त्यसैगरि टिम स्पर्धा ४*१०० रिले दौडको विश्व किर्तीमान पनि बोल्ट रहेको टोलीको नाममा रहेको छ। उक्त स्पर्धामा ३६.८४ सेकेण्डको रकर्ड रेको छ। 
 
एथलेटिक्स विश्व च्याम्पियनशीपमा सन् २००९ देखि सन् २०१५ सम्म (सन् २०११मा १०० मी. बाहेक) १०० मी. र २०० मी. स्पर्धामा लगातार स्वर्ण पदक जितेका बोल्टले सन् २०११को च्याम्पियनशीपमा १०० मी. स्पर्धाको फाईनलमा गलत सुरुवातका कारणले प्रतिस्पर्धाबाट बाहिरिएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ