arrow

जनसम्पर्क समिति जापानमा प्रचारप्रसार तीव्र, कँडेल र केसीबीच प्रतिष्पर्धा

logo
प्रकाशित २०७३ भदौ ३ शुक्रबार
janasamparka-japan.jpg.jpeg
जापान। नेपाली जनसम्पर्क समिति जापानमा अधिवेशनको सरगर्मी बढेको छ। १४अगष्टमा बिधानसभा सम्पन्न गरि यही २१ अगष्टमा हुन गइरहेको सो अधिवेशनको प्रचार प्रसार तथा प्रतिबद्धताहरूका साथ उम्मेद्वारहरु मतदाताहरुसमक्ष पुगिरहेका छन्। 
 
जापानमा बसोबास गर्दै आएका नेपाली काँग्रेस समर्थित नेपालीहरुले आ आफ्ना एजेण्डका साथ आफ्नो पक्षमा मत पार्नका लागि केही दिनअघि देखि नै प्रचार प्रसार अभियानमा जुटेका छन्। उम्मेदवारहरु चुनावी रणनीति बनाउन र मत माग्न व्यस्त देखिन्छन्। चुनावमा दुई प्यानल हुने लगभग निश्चित देखिएको छ।
 
कँडेल प्यानलमा को को?
डिपी कँडेल प्यानल ले २९ जनाको प्यानल मनोनयन दर्ता गरेको छ। जसमा सभापती पदमा डण्डपानी कँडेल, महामन्त्रीमा रामजंग कार्की, कोषाध्यक्षमा बाबुराम सापकोटा रहेका छन्। खुल्ला सदस्यहरुमा राजेन्द्र प्रसाद जमरकट्टेल, पुस्करजँग थापा, पेम्बा लामा, धुर्वकुमार थापा, प्रेम कंडेल, हरिप्रसाद कडेल, जीवन खड्का, लक्ष्मण थापा, राजन कुमार गिरी, उल्लास पान्डे, कृष्ण गैरे, बद्री पौडेल, शुसिल पौडेल, लक्ष्मण बानीया, भिमलाल गैरे, अशोक शर्मा, सुजन खड्का, कृपन दाहाल, नबिन सागर सापकोटा, राम बहादुर कार्कीले उमेदवारी दर्ता गरेका छन्। 
 
महिला तर्फबाट नागोया क्षेत्रकी निबर्तमान सभापती साधना घिमिरे, सुस्मा लामा, गितादेबी कँडेलले उमेदवारी दर्ता गराएका छन्। त्यस्तै जनजातीतर्फ दिपक बुर्जा मगर, मिनराशी गुरुङ र मेख बहादुर लामाले उमेदवारी दर्ता गराएका छन्। निर्वाचन कमिटीले तोकेको समय भित्रै उम्मेदवारी दर्ता गराएर कँडेल प्यानल मैदानमा होमिएको छ। यतिबेला कँडेल प्यानलका सभापती, महामन्त्री, कोषाध्यक्ष सहित समर्थकको टोली जापानका विभिन्न क्षेत्रमा भेटघाटमा जुटेका छन्। नागोया क्षेत्रमा भेटघाट गरि ओसाका, हुदै टोली फुकुवाका र हिरोसिमा क्षेत्रमा भेटघाट गरिरहेको छ। 
 
 
केसी प्यानलमा को को?
लाल ब.केसी र डण्डपाडी कडेल गरि दुई प्यानलमा विभक्त यस अधिवेशनमा रोशन केसीको पक्षधर समूहबाट रेशम डंगोल महामन्त्री र सावित्री लामा (लक्ष्मी) कोषाध्यक्षमा उम्मेदवार छन्। केसीको प्यानलका सदस्यहरुमा एल.एन.गुरागाई (लक्ष्मण), पोषकान्त न्यौपाने, कमल आचार्य, नवराज थापा, सुजन जोशी, विष्णुप्रसाद अर्याल, वासुदेव वस्ताकोटी, रामप्रसाद बाँस्तोला, रामशरण रेग्मी, किरण उप्रेती, लक्ष्मी तामाङ, मल्जु क्षेत्री लगायत रहेका छन्। यो प्यानललाई वर्तमान सभापति नारायण सुवेदी र पुर्व सभापति बलराम श्रेष्ठको समर्थन रहेको दावी गरिएको छ।
 
 
शुल्क नतिरेको भन्दै समितिमा दाबी बिरोध 
नेपाली जनसम्पर्क समिती जापानमा उम्मेदवारको बिरोधमा तोकीएको समय भित्र रकम भुक्तान नगरेको भन्दै दाबी बिरोध परेको छ। तोकिएको समय भित्र रकम भुक्तान नगरेको भन्दै कान्तो सभापती यदुराम सापकोटाले दाबी बिरोध गरेका हुन्। केही उम्मेदवारहरुले एकमुष्ट रकम खातामा जम्मा गरेको भएपनि १० हजार येन प्राप्त नभएको तर निर्वाचन कमिटीले रकम भुक्तान नगर्नेहरुको पनि उमेदवारको नामावलीमा निकालेपछि सापकोटाले दावी विरोध गरेका हुन्। डिपी कँडेल प्यानलबाट उमेदवारी दर्ता गराउने २९ जनाले नै छुट्टा छुट्टै रकम खातामा जम्मा गरेको उनको दावी छ। सापकोटाले रकम भुक्तान कसको नभएको हो पहिचान गरि उनीहरुलाई उमेदवारको नामावली लिस्टबाट हटाउन निर्वाचन कमिटी समक्ष आग्रह गरेका छन्। 
 
 
नेपाली जनसम्पर्क समिती जापानको नयाँ नेतृत्व चयनका लागि जापानका ९ वटा क्षेत्रमा आईतबार मतदान हुँदैछ। नँया नेतृत्वका लागि डिपी कँडेल र रोशन केसी २ वटा प्यानल बनाएर चुनाबी मैदानमा होमिएका छन्। चुनाबी मैदान मा रहेका डिपी कँडेल पक्षले आफू बलियो भएको गरिरहेको छ भने केसी पक्ष पनि आफू पनि कम नरहेको बताइरहेको छ। डिपी कँडेल नेतृत्वको प्यानललाई सहयोग गर्न अपिल गर्दै ५ वटा क्षेत्रका सभापतीले संयुक्त बिज्ञप्ती निकाल्ने तयारी गरिरहेका छन्।
 
यता रामजंग कार्कीको कियाशील नभएको दावी गर्ने महामन्त्रीका उमेदवार रेशम डंगोलले गरेको दाबी गलत ठहरिएको छ। नेपाली काँग्रेस नुवाकोटका सभापती जगदिश्वर नरसिंह केसीले हस्ताक्षर गरि पठाएको क्रियाशील सदस्यताको प्रमाण निर्वाचन कमिटीसँग हुँदा हुँदै रेशम डंगोलले भ्रम फैलाउन खोजेको कार्कीको आरोप छ।
 
 
२१ तारिखमा हुँदै गरेको निर्वाचनमा ९ सय बराबर मतदाताले ९ वटा क्षेत्रमा मतदान गर्नेछन। २४ तारीक हुने घोषणा सभामा नेपालबाट काँग्रेसका केहि नेता जापान आईपुग्ने कार्यक्रम तय भएको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ