arrow

रक्तश्रावका कारण सुत्केरीको मृत्यु

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ भदौ ५ आइतबार
Rolpa-hamrakura.jpg.jpeg
लिबाङ (रोल्पा)  ।  तालाबाङ ८ बुढागाउँ रोल्पाकी १७ वर्षिया सुकु घर्तीमगरको अत्यधिक रक्त श्रावका कारण शनिबार मृत्यु भएको छ । घरमा प्रसव ब्यथा लागेकी मगरले स्वास्थ्य चौकी तालाबाङ ल्याउदै गर्दा बाटोमै शिशुको जन्म दिएकी थिइन् । शिशुको जन्मपछि अत्यधिक रक्त श्रावका कारण परिवारले स्वास्थ्य चौकीमा खवर गरेको स्वास्थ्य चौकी तालाबाङले जनाएको छ । 
 
मगरलाई स्वास्थ्यकर्मीहरु बाटोमै पुगी  प्राथमिक उपचार पछि सलाइन चढाउँदै स्वास्थ्य संस्थामा ल्याइएको तालबाङ स्वास्थ्य चौकीका अहेव पदमबहादुर घर्तीमगरले जानकारी दिए ।  हरेक गर्भवती महिलाले गर्भवती  अवस्थामा कम्तिमा ४ पटक गर्भ चेकजाचँ गर्नुपर्ने प्रावधान भएपनि मगरले गर्भजाँच नगरेको अहेव घर्तीको गुनासो छ ।
नवजात शिशुको अवस्था भने सामान्य रहेको छ । 
 
जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका स्वास्थ्यकर्मी कुलबहादुर डाँगीका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा  ४ जना सुत्केरीको घरमा र १ जनाको स्वास्थ्य संस्थामा मृत्यू भएको थियो ।  जिल्लामा आमाको भन्दा नवजात शिशुको मृत्यु धेरै हुने गरेको डाँगीको भनाइ छ । 
 
डाँगीका अनुसार जिल्लामा बालबिबाह हुनु, दुइ सन्तान वीचको जन्मान्तर कम हुन, विरामीको पहुँच भन्दा स्वास्थ्य संस्था टाढा हुनु, गर्भवतीले समय समयमा गर्भ चेक जाँच नगर्नु, गर्भवती महिलालाई परिवारले गर्भाबस्थामा बेवास्ता गर्नु, जिल्लाका ग्रामीण भेगमा यातायतको असुविधा हुनु तथा  जिल्लामा रगत दिने ब्यवस्था नहुनु नै सुत्केरी तथा गर्भबती महिलाको मृत्युको मुख्य कारण रहको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ